×

NEPAL TIMES UPDATES

Playing
Iranले फेरि गर्यो हम ला, अबुधाबीमा वि स्फोट, Uaeले १५ मिसाइल रोक्यो || Nepal Times
May 05, 2026
Playing
भारतीय राज्यमा सत्तामा रहेका दल सोत्तर, दिदीको १५ वर्षे सत्ता ढल्यो|| Nepal Times
May 05, 2026
Playing
शेखर गोल्छा फेरि किन प क्राउ परे ? धरौटी बुझाए लगत्तै नियन्त्रणमा || Nepal Times
May 05, 2026
Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026
Playing
नेपालमा घण्टी बज्यो, तमिलनाडुमा सिठ्ठी|| Nepal Times
May 04, 2026
Playing
हिजबुल्लाहले पायो रुसी हति यार, Israelले रोक्न नसक्ने, फेरि खत रनाक खेल || Nepal Times
May 04, 2026
Playing
घरमा छापा मारेपछि आत्तिएका मुख्यमन्त्री बानियाँ के भन्दैछन् ?|| Nepal Times
May 04, 2026
Playing
युरोपेली गुप्तचरको निष्कर्ष– पुटिनको ह त्या हुन सक्छ|| Nepal Times
May 04, 2026

जापान र भियतनामबीच प्रतिरक्षा सहयोग आदानप्रदान गर्न सहमति

३ कार्तिक २०७७

३ कात्तिक, हनोई।
जापान र भियतनामबीच रक्षा र सुरक्षा सहयोग बढाउन तथा दुई देशबीच प्रत्यक्ष हवाई उडान पुनः स्थापित गर्न सहमति भएको छ । प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलो विदेश भ्रमणका क्रममा भियतनाम आइपुग्नु भएका जापानका प्रधानमन्त्री योशिहिडे सुगा र आफ्ना भियतनामी समकक्षी प्रधानमन्त्री नुग्वेन जुआन फुकबीच शिखर वार्तामा उक्त सहमति भएको हो ।

दुबै देशका उच्च अधिकारीबीच यस क्षेत्रमा चीनको विस्तारित प्रभावको सामना गर्न रक्षा र सुरक्षा सहयोग बढाउन सहमत भएका थिए । सोमबार हनोईमा आयोजित शिखर वार्तापछि भियतनामका लागि आवश्यक रक्षा उपकरण र प्रविधि जापानले निर्यात गर्ने आधारभूत सम्झौतामा हस्ताक्षर समेत भएको छ । जापानले हालका वर्षहरूमा दक्षिणपूर्वी एशियासँग सम्बन्ध बलियो बनाउन र आफ्नो प्रतिरक्षा उद्योगलाई सबल बनाउन यस्ता सम्झौताहरू गरिरहेको छ ।

Advertisement
Advertisement

सुगाले आफ्नो चार दिने भियतनाम भ्रमण र त्यसलगत्तै इन्डोनेसियाको भ्रमणका क्रममा आफूले स्वतन्त्र एवं खुला हिन्द–प्रशान्त महासागरीय बहुपक्षीय आर्थिक तथा सुरक्षा सहयोगका लागि समर्थन जुटाउनेतर्फ केन्द्रित रहने बताए । उनले दक्षिण चीन सागरमा चीनको बढ्दो उपस्थितिका बारेमा पनि समीक्षा हुने स्पष्ट गरे ।

“स्वतन्त्र र खुला हिन्द–प्रशान्त (इन्डो–प्यासिफिक) प्राप्त गर्ने हाम्रो दृष्टिकोण हासिल गर्न भियतनामको भूमिका निकै महत्वपूर्ण छ,” प्रधानमन्त्री सुगाले भियतनामी प्रधानमन्त्री फूकसँगै आयोजित संयुक्त पत्रकार सम्मेलनमा भने । “जापान, एक इण्डो–प्यासिफिक राष्ट्रको रूपमा, यस क्षेत्रको शान्ति र स्थिरतामा निरन्तर योगदान दिनेछ ।”

प्रधानमन्त्री सुगाले इन्डो–प्यासिफिकको केन्द्रका रुपमा रहेको भियतनाममा आफ्नो पहिलो विदेश भ्रमण गर्न पाएकामा खुशी व्यक्त गरे । जापानले यसअघि पनि संयुक्तराज्य अमेरिका, बेलायत र मलेसियालगायत अन्य देशहरूसँग रक्षा उपकरण स्थानान्तरण सम्झौता गरिसकेको छ । भियतनाम १२ औं साझेदार मुलुक हो । जापानले पहिलो रक्षा उपकरण फिलिपिन्सलाई गत अगष्ट महिनामा उपलब्ध गराएको थियो जसमा जापानमा निर्मित राडार निगरानी प्रणाली रहेको थियो ।

भियतनामलाई उपलब्ध गराउने सम्भावित रक्षा उपकरणका बारेमा विस्तृत विवरण भने उल्लेख गरिएको छैन, तर प्रधानमन्त्री सुगाले सम्झौतालाई द्विपक्षीय रक्षा सहयोगका लागि “एक प्रमुख कदम” भन्नुभएको छ । जापानले सन् २०१४ मा सैन्य उपकरण र प्रविधि हस्तान्तरणमा आंशिक रूपमा प्रतिबन्ध हटाएको थियो । पूर्व प्रधानमन्त्री शिन्जो आबेले जापानको रक्षा क्षमता बढाउने प्रयास स्वरुप जापानी रक्षा सामान विदेश निर्यातमा रहेका प्रतिबन्धहरु हटाउनु भएको थियो ।

सुगा र फुकले अन्य आर्थिक क्षेत्र र आतंकवाद विरोधी उपायहरुमा परस्पर सहयोग गर्न अन्य सम्झौताहरुमा हस्ताक्षर गर्नु भउको छ । कोरोनाभाइरसका कारण दुबै देशबीच अबरुद्ध उडान र यात्रालाई खुकुलो बनाउन पनि सहमति भएको छ । छोटो अवधिको व्यावसायिक भ्रमणलाई अनुमति दिन तथा भियतनाम र जापानबीच उडान पुनः खोल्न पनि सहमति भएको छ ।

Advertisement
Advertisement

सुगाले कोरोनाभाइरसबाट प्रभावित जापानमा कार्यरत भियतनामी कामदारहरूलाई सहयोग पु¥याउन जापानले आवश्यक सहयोग गर्ने पनि बताउनुभयो । हालैका वर्षहरुमा जापान आएका विदेशी कामदारमध्ये आधाभन्दा बढी भियतनामी छन् । भियतनामको एक प्रमुख व्यापारिक साझेदार मुलुक जापान हो जुन यस वर्ष झण्डै २९ अर्ब डलरको छ । भियतनामको सबैभन्दा ठूलो विदेशी सहयोगी दातृ मुलुक जापान रहेको छ । सन् २०१९ सम्ममा जापानले २३ अर्ब डलर अनुदान र ऋण भियतनामलाई उपलब्ध गराइसकेको छ ।

भर्खरको समाचार

इरानका ७ जहाज अमेरिकाले डुबायो,विश्वको नक्साबाटै मेटाइदिने ट्रम्पको चेतावनी

Screenshot 2026-05-05 123807

शेखर गोल्छा फेरि किन पक्राउ परे ?धरौटी बुझाए लगत्तै नियन्त्रणमा

Shekhar-Golchha-Final

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणाली नै ध्वस्त पारेःबालेन

666707698_875077882223921_4422618132601218086_n

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

सम्बन्धित खबरहरु

Scroll to Top