आईपीएल: बटलर चम्कँदा राजस्थानले चेन्नईलाई हरायाे

४ कात्तिक, एजेन्सी ।
इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई ७ विकेटले पराजित गरेको छ । सोमबार राती शेख जायद स्टेडियम आबूधाबीमा भएको आईपीएलको ३७ औं खेलमा जितका लागि १ सय २६ रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले १७।३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो ।

राजस्थानका जस बटलर ४८ बलमा ७ चौका र २ छक्का सहित ७० रनमा अविजित रहे । कप्तान स्टिभ स्मिथ ३४ बलमा २ चौका सहित २६ रनमा अविजित रहे । चौथो विकेटका लागि बटलर र स्मिथले ९८ रनको अविजित साझेदारी गर्दै सहज जित पक्का गराएका थिए ।

तेस्रो ओभरको अन्तिम बलमा दीपक चहरले ओपनर बेन स्टोक्सलाई ११ बलमा ३ चौका सहित १९ रनमा बोल्ड आउट गर्दै पहिलो सफलता दिलाए । जोश हेजलवुडले चौथो ओभरको दोस्रो बलमा रोविन उथप्पालाई ४ रनमा क्याच आउट गराए ।

चहरको पाँचौ ओभरको तेस्रो बलमा विकेटकिपर सन्जु स्यामसन धोनीबाट शून्यमा आउट भएका थिए । चेन्नईका दीपक चहरले ४ ओभरमा १ मेडन सहित १८ रन खर्चेर २ विकेट लिए । जोश हेजलवुडको नाममा एक विकेट रह्यो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय २५ रन बनाएको थियो । चेन्नईका अलराउन्डर रविन्द्र जडेजा ३० बलमा ४ चौका सहित सर्वाधिक ३५ रनमा अविजित रहेका थिए । केदार जाधव ४ रनमा अविजित रहे ।

चेन्नईले सुरुवात देखिनै कमजोर प्रर्दशन गरेको थियो । जोफ्रा आर्चरले तेस्रो ओभरको अन्तिम बलमा फाफ डु प्लेसिसलाई जस बटलरबाट १० रनमा क्याच आउट गराउँदै पहिलो सफलता दिलाए । अर्का तीव्र गतिका बलर कार्तिक त्यागीको चौथो ओभरको अन्तिम बलमा शेन वाटसन राहुल टेवाटियाबाट ८ रनमा क्याच आउट हुन पुगे ।

श्रेयस गोपालले नवौं ओभरको दोस्रो बलमा ठूलो सट खेलेका ओपनर साम करन लङअनमा बटलरबाट २२ रनमा क्याच आउट हुन पुगे । करनले २५ बलमा १ चौका र १ छक्का प्रहार गरे । राहुल टेवाटियाको दशौं ओभरको अन्तिम बलमा टप एज लागेर सन्जु स्यामसनबाट आम्बाती रायुडु १३ रनमा क्याच आउट भए । रायुडुले १९ बलमा २ चौका प्रहार गरे ।

१८ औं ओभरको चौथो बलमा महेन्द्रसिंह धोनी २८ बलमा २ चौका सहित २८ रनमा रन आउट भए । पाँचौ विकेटका लागि धोनी र रविन्द्र जडेजाले ५१ रनको साझेदारी गरेका थिए ।

श्रेयस गोपालले ४ ओभरमा १४ रन खर्चेर १ विकेट लिए । राहुल टेवाटियाले ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिए । कार्तिक त्यागीले ४ ओभरमा ३५ रन खर्चेर १ विकेट लिए । जोफ्रा आर्चर २० रन खर्चेर १ विकेट लिए ।

जारी आइपिएलमा चेन्नईको यो सातौं हार हो । योसँगै चेन्नई आइपिएलमा पहिलो पटक लिग चरणबाट बाहिरिने सम्भावना बढेको छ । चेन्नई अव प्ले अफमा पुग्न बाँकी चार खेल फराकिलो अन्तरले विजयी भएर पनि अन्य नतिजा पनि आफू अनुकुल आउनु पर्नेहुन्छ ।

राजस्थानले चौथो जित निकाल्दै झिनो आशा कायमै गरेको छ । चेन्नईले अब शुक्रबार मुम्बई इन्डियन्ससँग खेल्ने छ भने राजस्थानले बिहिबार राजस्थान रोयल्ससँग प्रतिस्पर्धा गर्ने छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top