टोक्यो ओलिम्पिक्स रुसी ह्याकरहरूको निशानामा परेको यूकेको भनाइ

४ कात्तिक ७७, मंगलबार

४ कार्तिक, एजेन्सी ।
रुसी ह्याकरहरूले यो वर्षको टोक्यो ओलिम्पिक्स प्रतियोगितालाई बाधा पुर्‍याउने उद्देश्यले निशानामा पारेको यूकेका अधिकारीहरूले बताएका छन्।

Advertisement

यूकेको विदेश मामिला हेर्ने कार्यालयले रुसको जीआरयू सैन्य गुप्तचरले आफ्नो प्रभाव बाहिरका अधिकारी र सङ्गठनविरूद्ध साइबर हमलाहरू गरेको जनाएको छ।

कोरोनाभाइरस महामारीका कारण उक्त खेल प्रतियोगिता सन् २०२१ लाई सारिनुअघि त्यस्तो हमला गराइएको बताइएको छ।

Advertisement

कस्ता हमला ?
यद्यपि अधिकारीहरूले त्यो हमलाको प्रकृति र तह कस्तो थियो भने विस्तृत रूपमा खुलाएका छैनन्।

यति नै बेला अमेरिकाको न्याय मन्त्रालयले समेत ६ जना रुसी गुप्तचरविरूद्ध रुसलाई रणनीतिक फाइदा हुनेगरी साइबर हमलाहरू गरेको अभियोग लगाएको छ।

Advertisement

अमेरिकी अभियोजनकर्ताका अनुसार उक्त समूहले सन् २०१८ मा दक्षिण कोरियामा भएको हिउँदे ओलिम्पिक्स, सन् २०१७ को फ्रान्सको राष्ट्रपतीय निर्वाचन र युक्रेनको उर्जा ग्रिडमा असर पार्ने प्रयासहरू गरेका थिए।

युक्रेनको उर्जा प्रणाली बन्द गर्ने तीन वर्षअघिको उक्त घटनाबाट विश्वभरि १० अर्ब डलर क्षति पुगेको अनुमान गरिएको थियो। सन् २०१८ को हिउँदे ओलिम्पिक्सको उद्घाटन समारोह लक्षित गर्दै गरिएको हमला यूकेको राष्ट्रिय साइबर सुरक्षा केन्द्रको सहयोगमा विश्लेषण गरिएको थियो।

जसको असर देखिनबाट रोक्न सफल भए पनि त्यसले सञ्जालहरूमा असर पारेर पूरै हिउँदे ओलिम्पिक्स र पारालिम्पिक्सका खेलहरूमा अवरोध निम्त्याउने उद्देश्य राखेको थियो।

हमलाकारीको शक्ति
अमेरिकी सहायक महान्यायाधिवक्ता जोन डेमर्सले भनेका छन्ः कुनै पनि देशले आफ्नो साइबर अस्त्र क्षमतालाई रुसले जस्तो दुर्भाग्यपूर्ण वा गैरजिम्मेवारपूर्ण तरिकाले विकास गरेका छैनन्।

डेमर्सले ती हमलाहरू एउटै समूहले गरेकामध्ये अहिलेसम्मकै बढी क्षति पुर्‍याउने खालको रहेको बताएका छन्।

यूकेका विदेशमन्त्री डोमिनिक राबले ओलिम्पिक्स र पारालिम्पिक्स खेलहरू लक्षित हमलाहरू तिनका आयोजक, प्रायोजक र व्यवस्थापकीय सुविधाको आपूर्ति गर्नहरूप्रति लक्षित गरिएको भन्दै त्यसलाई स्वार्थी र अविवेकी काम बताएका छन्।

उनले भनेका छन्ः हामी त्यस्ता कामको निकै कडा शब्दमा भर्त्सना गर्छौँ।(बीबीसी)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top