NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
नेपाली ईभी बजारमा अर्को धमाकाः अल ह्वील ड्राइभसहित एलईभी एक्स आउँदै बिहिबार असार १९ , २०८२
 मामदानीले हातले भात खाँदा ट्रम्प समर्थकको पारो तात्यो  बिहिबार असार १९ , २०८२
ट्रम्पले सिध्याइदिने धम्की दिएका मस्क नै धनाढ्य सूचीमा पहिलो बिहिबार असार १९ , २०८२
मलेसियामा नेपालको दबदबा, एसीसी यू–१६ इष्ट जोनको उपाधि नजिक बिहिबार असार १९ , २०८२
कुलमानको मध्यपूर्व यात्राः चुनावको तयारी कि जनमतको परीक्षण? बिहिबार असार १९ , २०८२
Next
Prev

समाचार

आइसियुमा बेड खाली नहुँदा आकस्मिक कक्षमा सङ्क्रमित

मङ्लबार कार्तिक ४ , २०७७
Reading Time: 1 min read
A A
Advertisement
आइसियुमा बेड खाली नहुँदा आकस्मिक कक्षमा सङ्क्रमित
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

४ असाेज, काठमाडौं ।

काठमाडौँ उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या १६ हजारभन्दा बढी हुँदा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक पाँचदेखि सात जनासम्म नयाँ बिरामी आइसियुमा भर्ना भइरहेको छ ।

हरेक दिन भेण्टिलेटर र आइसियुका बिरामीलाई राम्रो हुँदा आइसोलेसनमा झार्ने गरिएको र त्यस ठाउँमा गम्भीर खालका नयाँ बिरामीको उपचार गरिँदै आइएको अस्पताल निर्देशक डा.सागर राजभण्डारीले बताए । उनका अनुसार बिहानदेखि गम्भीर समस्या भएका सङ्क्रमित अस्पतालको आकस्मिक कक्षमा कुरिरहेका हुन्छन् । उनले भने, “शैया खाली हुनु पहिले नै पालो कुरेका बिरामीलाई मिल्नासाथ आइसियुमा सार्ने गरिएको छ ।”

Advertisement

अस्पतालको आइसोलेसन र आइसियु अधिकांश समयमा सङ्क्रमितले भरिरहेको निर्देशक डा.राजभण्डारीले बताए । अस्पतालमा दैनिकजसो नै सङ्क्रमित डिस्चार्ज भएर जानासाथ आकस्मिक कक्षमा रहेकालाई त्यहाँ सारिने गरिएको छ । उनका अनुसार आइसियुमा रहेका बिरामीलाई समस्या कम भएपछि केही दिनसम्म आइसोलेनमा राखेर रिपोर्ट नेगेटिभ आएपछि मात्रै डिस्चार्ज गरिँदै आएको छ । अस्पतालमा गम्भीर समस्या भएका र अक्सिजन दिनुपर्ने बिरामीलाई राखिने गरिएको उनले बताए । उनले भने, “लक्षणसहितका अरु बिरामीले पनि अस्पतालमा भर्ना हुन चाहे पनि हामीले गम्भीर बिरामी मात्रै लिने गरेका छौँ ।”

उपत्यकामा सङ्क्रमितको सङ्ख्या बढीरहँदा अस्पताललाई त्यसको व्यवस्थापन गर्न गाह्रो भएको निर्देशक डा.राजभण्डारीले बताए । उनका अनुसार अस्पतालले केही शैया बढाउन लागेको भए पनि अस्पतालको क्षेत्र नै साँघुरो भएकाले धेरै बढाउनसक्ने अवस्था छैन । अरु समस्या हुँदाजस्तो नभएर कोभिडका बिरामीलाई दूरी कायम गरेर राख्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । अस्पतालमा केही समय पहिले दुई भेन्टिलेटर थपिएको थियो । अहिले छ आइसोलेसन शैया, चार आइसियु र एक भेन्टिलेटर थप गर्न लागिएको उनले बताए । उनले भने, “हामीले सम्भव भएसम्म बेड थपिरहेका छौँ ।”

अस्पतालमा परीक्षण गराएर पोजेटिभ रिपोर्ट आएपछि धेरै सङ्क्रमितले मलाई यही राख्नुपर्छ भन्दै झगडा गर्ने गरेको निर्देशक डा.राजभण्डारीले बताए । अस्पतालले अक्सिजन नै चाहिने प्रकृतिका सङ्क्रमित मात्रै राख्ने बताएपछि उनीहरु झगडा गर्न आउने उनको भनाइ छ । कतिपयले अस्पतालमा स्वास्थ्यकर्मीलगायत कर्मचारीसँग झगडा गर्न आउने गर्छन् ।

अस्पतालले भर्ना गर्ने भनिएका प्रकृतिका गम्भीर बिरामीलाई समेत भन्नासाथ लिन सकिने अवस्था नभएको उनको भनाइ छ । उनले भने, “कतिपय सिरियस बिरामीलाई पनि बेड मिलाउनै नसक्दा अरु अस्पतालमा लैजानुहोस् भन्दा हामीलाई पनि राम्रो लाग्दैन ।”

एकातिर अस्पतालका सबै शैयामा खचाखच बिरामी र अर्कातिर कार्यरत कर्मचारीलाई पनि समय समयमा सङ्क्रमित हुँदा व्यवस्थापन गर्न कठिन भइरहेको निर्देशक डा.राजभण्डारीले बताए । भर्ना भएका सबै बिरामीलाई हेर्नुपर्ने भए पनि जनशक्ति कम भएको उनले बताए । अस्पतालमा अहिले तालीमप्राप्त नर्सको कमी छ । एउटा भेन्टिलेटरमा एकजना नै तोकिएको मान्छे राख्नुपर्ने उनले बताए ।

एउटै व्यक्तिले नियमित गर्न नसक्दा फरक सिफ्टका लागि फरकफरक जनशक्ति चाहिन्छ । कर्मचारीलाई सङ्क्रमण भएर आइसोलेनमा हुँदा त्यो ठाउँमा अर्को कर्मचारी खटाउनुपर्छ । उनले भने, “सबै कुरा मिलाएर गर्न अहिले सजिलो अवस्था छैन ।”

नेपालमा कोभिड–१९ को सङक्रमण शुरु भएसँगै यो अस्पतालमा परीक्षणका लागि आउनेको पनि भीड छ । कहिले घरबेटीले घरमा फर्कन नदिएकाले त कहिले कार्यालयमा जानका लागि नागरिक परीक्षणका लागि आउने गरेका छन् । अस्पतालले ‘क्राइटिएरिया’ मिलेकाको मात्रै परीक्षण गर्दै आएको छ ।

कोभिडसँग मिल्दा लक्षण भएका वा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत फ्रन्टलाइनमा बसेर काम गर्ने व्यक्तिको परीक्षण गरिँदै आइएको उनले जानकारी दिए । ‘कन्ट्याक ट्रेसिङ’ मा परेका व्यक्तिको भने वडा कार्यालयको समन्वयमा परीक्षण हुँदै आएको छ । कतिपय व्यक्ति कागजका लागि रिपोर्ट चाहिएकाले गर्न आउँदा भने पैसा तिरेर परीक्षण गर्न सक्ने व्यवस्था गरिएको छ । उनले भने, “अहिले धेरै जना लोक सेवा, प्रहरीमा भर्ना हुन वा विदेश जान भन्दै परीक्षणका लागि आइरहेका छन् ।”

सरकारी अस्पताल भएकाले र सबैलाई सहज पहुँच भएकाले सङ्क्रमित यहीँ उपचारका लागि आउन चाहने धेरै छन् । आर्थिकरुपमा विपन्न व्यक्तिले विशेष गरी लामो समयसम्म उपचार गर्नुपर्ने भएकाले यहीँ आउने चाहेको अस्पतालले जनाएको छ ।

अस्पताल कोभिड–१९ को उपचारमा केन्द्रित हुँदा अरु किसिमका सरुवा रोगमा त्यसको असर परेको निर्देशक डा.राजभण्डारीले बताए । यहाँ उपचारका लागि आउने अरु सरुवा रोगका बिरामीलाई अरु अस्पतालम सारिएको छ । एचआइभी एड्स, क्षयरोग, डेङ्गु, कालाजारलगायत सरुवा रोगका औषधि खाइरहेका बिरामीले अहिले यहाँबाट उपचार पाएका छैनन् । अरु सरुवा रोग लागेका व्यक्तिलाई कोभिड देखिँदा मात्रै यहाँ उपचार हुन्छ । अरु सरुवा रोगका नियमित औषधि खाइरहेका व्यक्ति, पनि जोखिम वर्गमा पर्ने उनले बताए ।रासस

लोकप्रीय

नेपाली ईभी बजारमा अर्को धमाकाः अल ह्वील ड्राइभसहित एलईभी एक्स आउँदै

नेपाली ईभी बजारमा अर्को धमाकाः अल ह्वील ड्राइभसहित एलईभी एक्स आउँदै

बिहिबार असार १९ , २०८२
 मामदानीले हातले भात खाँदा ट्रम्प समर्थकको पारो तात्यो 

 मामदानीले हातले भात खाँदा ट्रम्प समर्थकको पारो तात्यो 

बिहिबार असार १९ , २०८२
ट्रम्पले सिध्याइदिने धम्की दिएका मस्क नै धनाढ्य सूचीमा पहिलो

ट्रम्पले सिध्याइदिने धम्की दिएका मस्क नै धनाढ्य सूचीमा पहिलो

बिहिबार असार १९ , २०८२

विचार

थप समाचार

नेपाली ईभी बजारमा अर्को धमाकाः अल ह्वील ड्राइभसहित एलईभी एक्स आउँदै
ताजा समाचार

नेपाली ईभी बजारमा अर्को धमाकाः अल ह्वील ड्राइभसहित एलईभी एक्स आउँदै

बिहिबार असार १९ , २०८२
 मामदानीले हातले भात खाँदा ट्रम्प समर्थकको पारो तात्यो 
अन्तर्राष्ट्रिय

मलेसियामा नेपालको दबदबा, एसीसी यू–१६ इष्ट जोनको उपाधि नजिक
खेलकुद

मलेसियामा नेपालको दबदबा, एसीसी यू–१६ इष्ट जोनको उपाधि नजिक

बिहिबार असार १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

नेपाली ईभी बजारमा अर्को धमाकाः अल ह्वील ड्राइभसहित एलईभी एक्स आउँदै

नेपाली ईभी बजारमा अर्को धमाकाः अल ह्वील ड्राइभसहित एलईभी एक्स आउँदै

बिहिबार असार १९ , २०८२
 मामदानीले हातले भात खाँदा ट्रम्प समर्थकको पारो तात्यो 

 मामदानीले हातले भात खाँदा ट्रम्प समर्थकको पारो तात्यो 

बिहिबार असार १९ , २०८२
ट्रम्पले सिध्याइदिने धम्की दिएका मस्क नै धनाढ्य सूचीमा पहिलो

ट्रम्पले सिध्याइदिने धम्की दिएका मस्क नै धनाढ्य सूचीमा पहिलो

बिहिबार असार १९ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.