×

NEPAL TIMES UPDATES

Playing
देउवाको फेसबुकमा सफाइ पेश, कहिले फर्किन्छन् देश ?|| Nepal Times
Apr 09, 2026
Playing
Top 15 Afternoon News || April-09-2026 || Nepal Times
Apr 09, 2026
Playing
ट्रम्पलाई रोक्ने रणनीतिमा जुटे डेमोक्र्याटहरू || Nepal Times
Apr 09, 2026
Playing
बालेन्द्र सरकारका मन्त्रीको सम्पत्ति विवरणको खोजी ? बिर्सियो कि वाचा ? || Nepal Times
Apr 09, 2026
Playing
रवि र बालेनको निर्णयमा फरकःरविले खोलेको बाटोमा बालेनको तगारो|| Nepal Times
Apr 09, 2026
Playing
सुधन आएपछि समातिएकाहरु धमाधम छुट्दै, को छुटे को बाँकी ? || Nepal Times
Apr 09, 2026
Playing
तत्काल स्वदेश नफर्किने देउवाको सन्देश|| Nepal Times
Apr 09, 2026
Playing
को बन्ला उपसभामुख ? साझा उमेदवार बनाउने विपक्षीको प्रयास|| Nepal Times
Apr 09, 2026
Playing
आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा|| Nepal Times
Apr 09, 2026
Playing
यु*द्धविरामका लागि इरानले भिख माग्यो ?१० सर्त ट्रम्पले डस्टविनमा हालिदिए
Apr 09, 2026

छठलगत्तै कक्षा १२ को परीक्षा सञ्चालन हुने

५ कार्तिक २०७७

५ कार्तिक, काठमाडौं ।
राष्ट्रिय परीक्षा बोर्डले छठलगत्तै कक्षा १२ को परीक्षा सञ्चालन गर्ने भएको छ ।

त्यसका लागि कार्यविधि स्वीकृति र समयतालिका प्रकाशनको काम अन्तिम चरणमा पुगेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । देशभर होम सेन्टर (पढेकै स्कुल) मा ‘फेस टु फेस’ कक्षा १२ को परीक्षा सञ्चालन गरिने भएको छ ।

Advertisement

कार्यविधिअनुसार प्रत्येक विषयको सैद्धान्तिकतर्फ ४० प्रतिशतको छोटो परीक्षा, ४० प्रतिशत बराबर कक्षा ११ मा प्राप्त गरेको अंक र बाँकी २० प्रतिशत विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा मान्यता दिने तयारी छ ।

प्रयोगात्मक परीक्षा भने पहिले जस्तै यथावत् रहनेछ । विद्यालयले सञ्चालन गरेको प्रयोगात्मक परीक्षाको अंक बोर्डमा पठाउनुपर्नेछ । ४० प्रतिशतको छोटो परीक्षाका लागि बोर्डले देशभर होम सेन्टर कायम गरेर एकै पटक सञ्चालन गर्ने अर्यालले जानकारी दिए ।

‘मन्त्रिपरिषद्ले कक्षा १२ को परीक्षा सञ्चालन गर्न स्वीकृति दिएको छ, शिक्षा मन्त्रालयले कार्यविधि बनाएर परीक्षा सञ्चालन गर्नु भन्यो,’ उनले भने, ‘परीक्षा सञ्चालनको कार्यविधिसहित दसैंअघि नै समयतालिका प्रकाशन गर्ने तयारीमा छौं ।’

छठ पर्व मंसिर ५ गते परेको छ । दुई साताअघि कक्षा १२ लगायत स्थगित भएका परीक्षा सञ्चालन गर्न मन्त्रिपरिषद् बैठकले अनुमति दिएको थियो ।

बोर्डले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गर्दै प्रत्येक कोठामा निश्चित परीक्षार्थी राखेर परीक्षा सञ्चालन गर्ने जनाएको छ । परीक्षा सञ्चालनका लागि बोर्डले प्रश्नपत्र छपाएर जिल्लाजिल्लामा पठाइसकेको थियो ।

अब छोटो परीक्षाका लागि नयाँ प्रश्नपत्र छपाएर परीक्षा केन्द्रमा पठाइनेछ । प्रश्नपत्र छपाउन ढिलाइ भए अनलाइनमार्फत पठाउने कार्यविधिमा उल्लेख छ । विद्यार्थीको हाजिरी, विद्यालयले सञ्चालन गरेको परीक्षा, गृहकार्य, अतिरिक्त क्रियाकलापका आधारमा आन्तरिक मूल्यांकन गरिनेछ ।

कोरोना संक्रमणका कारण वैशाखमा हुनुपर्ने कक्षा १२ को परीक्षा सञ्चालन हुन सकेको छैन । बोर्डले परम्परागत विधिबाटै ठाउँअनुसार चरणचरणमा, कक्षा ११ को प्राप्तांकसहित कक्षा १२ को पनि मूल्यांकनसहितको परीक्षा र अनलाइनलगायत वैकल्पिक माध्यमबाट संक्षिप्त अनलाइन परीक्षा लिने प्रस्ताव गरेको थियो ।

सोही प्रस्तावमध्ये बोर्डले छोटो परीक्षा सञ्चालन गर्ने, कक्षा ११ को विषयगत प्राप्तांक र विद्यालयले सञ्चालन गरेको आन्तरिक परीक्षामा प्राप्त गरेको अंकको आधारमा परीक्षा सम्पन्न गर्न लागिएको हो ।

परीक्षा सकिएपछि बोर्डले नै नतिजा प्रकाशन र प्रमाणीकरण गर्नेछ । कक्षा १० को परीक्षा आन्तरिक मूल्यांकनका आधारमा गरेर बोर्डले प्रमाणपत्र जारी गरेको थियो भने कक्षा ११ को परीक्षा विद्यालयले सञ्चालन गर्ने र विद्यालय नै प्रमाणीकरण गर्ने निर्णय भइसकेको छ ।

कक्षा ११ को परीक्षा कोरोना संक्रमणका कारण अधिकांश विद्यालयमा हुन सकेको छैन । कक्षा १० को भने नतिजा प्रकाशन भएर पनि विद्यार्थी कक्षा ११ मा भर्ना हुन थालिसकेको छन् ।

कक्षा १२ को परीक्षा नहुँदा विश्वविद्यालयहरूमा स्नातक तहको भर्ना र पठनपाठन प्रभावित भएको छ । विगतमा दसैंअघि नै कक्षा १२ को नतिजा प्रकाशन भएर भर्ना प्रक्रिया सुरु भइसक्थ्यो । कक्षा १२ मा ४ लाख ३२ हजार परीक्षार्थी छन् ।

Advertisement

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top