×

NEPAL TIMES UPDATES

Playing
ओलीकै शैली पछ्याउँदै संसदीय दलको नेता बादल || Nepal Times
May 17, 2026
Playing
UFO बाट ४ एलियन निकालिएको अनुसन्धानकर्ताको दाबी, कति सत्यता ?|| Nepal Times
May 17, 2026
Playing
विश्व कीर्तिमानधारी कामिरिता र लाक्पा शेर्पालाई प्रधानमन्त्रीको सम्मान || Nepal Times
May 17, 2026
Playing
ओलीले दिएको त्यो ’लाचार’ अभिव्यक्ति, ’पार्टी चाँही नफुटाउनू’!|| Nepal Times
May 17, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-03-2083 || Nepal Times
May 17, 2026
Playing
अस्ट्रेलियामा घरबारविहीनहरूको संख्या चार गुणासम्म बढ्ने || Nepal Times
May 17, 2026
Playing
सुकुम्बासीले काठमाडौंमा पाएनन् घर भाडा, १५ हजार दिए के गर्नु ?|| Nepal Times
May 17, 2026
Playing
राउल क्यास्ट्रोविरुद्ध अभियोग दर्ता गर्ने अमेरिकाको तयारी || Nepal Times
May 17, 2026
Playing
अब सरकारले विद्युतीय चुलोमा अनुदान दिने,एलपी ग्यासमा अनुदान नदिने || Nepal Times
May 17, 2026
Playing
इबोला विश्वकै लागि खतरा, क्यानेडियन नागरिकलाई पनि हान्टाभाइरस पुष्टि || Nepal Times
May 17, 2026

गोरखाबाट काठमाडौं पठाइएको स्वाब परीक्षण नगरी फिर्ता

५ कार्तिक २०७७

५ कार्तिक, गोरखा ।
कोरोना परीक्षणका लागि गोरखाबाट काठमाडौं पठाइएको स्वाब परीक्षण नगरी फिर्ता भएको छ ।

गोरखाबाट कोरोना परीक्षणका लागि पठाइएको स्वाबको नमुना काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले त्यसै फिर्ता पठाइदिएको हो ।

Advertisement
Advertisement

यहाँका विभिन्न पालिकाका २ सय ३४ जनाको स्वाब संकलन गरेर मंगलबार परीक्षणका लागि काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो । जनस्वास्थ्य प्रयोगशालाले स्वाबको नमुना नबुझी मंगलबार नै गोरखा फिर्ता गरिएको स्वास्थ्य कार्यालय गोरखाका कोरोना फोकल पर्सन नारायण अर्यालले बताए ।

‘पठाएको स्याम्पल नबुझेपछि फिर्ता भएको हो, तर किन फिर्ता गरियो भन्ने औपचारिक जानकारी पाएका छैनौँ,’ उनले भने । टेकुबाट फिर्ता भएको स्वाबको नमुना बुधबार परीक्षणका लागि पोखरास्थित प्रयोगशाला पठाइएको उनले बताए ।

‘दसैंअघि रिपोर्ट आए नमुना लिएकाहरुलाई सजिलो हुन्छ भनेर काठमाडौं पठाएका हौँ, उनले भने ‘पोखराको ल्याबमा परीक्षण गर्ने स्वाबको यतिखेर लोड बढी छ, फेरि यसअघि पनि गोरखाबाट काठमाडौं स्वाब परीक्षणका लागि पठाउने गरेका थियौँ ।’

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै नागरिकको उपचार खर्च आफै बेहोर्नुपर्ने जानकारी गराएको केही दिन बित्न नपाउदै स्वाबको नमुना फिर्ता भएपछि नागरिकस्तरबाट विरोध भएको छ ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top