गण्डकी प्रदेशका सबै मन्त्रीले दशैंभत्ता कोरोना उपचार कोषमा जम्मा गर्ने

गण्डकी प्रदेशका सबै मन्त्रीले दशैंभत्ता कोरोना उपचार कोषमा जम्मा गर्ने

५ कार्तिक, पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरुको चाडपर्व भत्ता रकम कोरोना रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा गर्ने निर्णय प्रदेश मन्त्रीपरिषदले गरेको छ ।

प्रदेश मन्त्रीपरिषदको बुधबार बिहान बसेको बैठकले मुख्यमन्त्री तथा मन्त्रीहरुको भत्ता रकम कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका प्रेस सल्लाहकार विक्रम न्यौपानेका अनुसार मन्त्रीपरिषदका सबै सदस्यले आफूहरुले पाउने भत्ता रकम कोषमा जम्मा गर्ने निर्णय मन्त्री परिषद मार्फत गरेका हुन् ।

केन्द्र सरकारले सांसदहरुलाई दसैँ भत्ता दिएपछि त्यसको आलोचना भइरहेका बेला गण्डकी प्रदेश सरकारले रकम कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.