Nepal Times
Nepal Times
3
Shares

थप ३६३७ जनामा कोरोना संक्रमण पुष्टि,निकाे हुनेको संख्या एक लाख नाघ्यो

थप ३६३७ जनामा कोरोना संक्रमण पुष्टि,निकाे हुनेको संख्या एक लाख नाघ्यो

६ कात्तिक, काठमाडौं।

नेपालमा पछिल्लाे २४ घण्टामा ३ हजार ६३७ जना काेराेना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १५ हजार २५५ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित एक लाख ४८ हजार ५०९ पुगेको छ । हाल ४४ ह्जार ८७७ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।

त्यसैगरी २४ घण्टामा २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८१२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्र ३२१५ जना संक्रमणमुक्त भएसँगै संक्रमणमुक्त हुनेकाे संख्या एक लाख नाघेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.