६ कात्तिक, विराटनगर ।
प्रदेश १ का प्रहरी नायव महानिरीक्षक (डिआईजी) ईश्वरबाबु कार्कीले मोरङ र सुनसरी जिल्लाको सिमावर्र्ती क्षेत्रमा रहेका प्रहरी युनिट र सिमा क्षेत्रको आकस्मिक रुपमा स्थलगत अनुगमन तथा निरीक्षण गरेका छन् ।
निरीक्षणका क्रममा उनले नेपालीहरुको महान चाड विजयादशमी, दिपावाली लगायतका चाडपर्वहरु नजिकिँदै गरेको अवस्थामा सिमावर्ती क्षेत्रबाट हुने अवैध चोरी निकासी,लागुऔषध ओसारपसार लगायतका सिमावर्ती अपराधहरु हुन नदिन कडाईका साथ लक्षित सुरक्षा योजना लागू गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

साथै सिमावर्ती क्षेत्रमा रहेका प्रहरी युनिटहरुमा कार्यरत प्रहरी कर्मचारीहरुलाई कार्य सम्पादनको क्रममा कोभिड १९ को मापदण्डको पालना गरी उच्च मनोवलका साथ प्रभावकारी भुमिका निर्वाह गर्न समेत कार्कीले उत्प्रेरित गरेको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ ।