×

NEPAL TIMES UPDATES

Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026

विराटनगरमा अत्याधुनिक ल्याव संचालन, दैनिक हजार पीसीआर परीक्षण

६ कार्तिक २०७७

६ कात्तिक, काठमाडौं । सरकारले भयाभह बनेको कोरोना संक्रमणको परीक्षण सशुल्क गर्ने निर्णय गरेपछि संक्रमित भए नभएको थाहा पाउन यसका लागि गरिने पीसीआर परीक्षण गर्न यतिबेला नेपालमा निकै सकस हुँदै गएको देखिन्छ । अस्पताल तथा अन्य सरकारी ल्यावहरुमा परीक्षणका लागि पूरानै स्वावहरु थुप्रिएर रहदा नयाँ नमूना तुरुन्तै परीक्षण गर्नु परेमा प्राय असम्भव हुँदै गएको छ, आम सर्वसाधारणका लागि । यसको पछिल्लो उदाहरणका रुपमा टेकुस्थित राष्ट्रिय जनस्वास्थ प्रयोगशालाले मंगलबार गोरखाबाट ल्याइएको २ सय ३४ जनाको स्वावको नमुना परीक्षण नै नगरी फिर्ता पठायो । यसरी संघीय राजधानीमै पीसीआर परीक्षणका लागि ल्याबहरुले चाप थेग्न नसकिरहेका बेला प्रदेशहरुमा पनि अबस्था उस्तै छ ।

प्रदेश एकमा पनि संकलित नमूनाहरुको चाँप अध्याधिक भएकाले स्वाव दिनेहरुले एक हप्ताभन्दा धेरै दिन पछि मात्रै रिपोर्ट पाउँने गरेका छन् । कतिपय ल्यावहरुले नयाँ नमूनाहरु लिन समेत मानिरहेका छैनन् । पर्याप्त पीसीआर परीक्षण नहुँदा संक्रमणको गति दिनहुँ झन झन तिव्र हुँदै गएको छ । यसलाई मध्यनजर गर्दै विराटनगरका केही उद्योगी घरानाले विराटनगरमा नयाँ ल्याव संचालनमा ल्याएका छन् । जसले पीसीआर परीक्षणसंगै अन्य सबैखाले ल्याब टेष्टहरुसमेत गर्ने बताइएको छ ।

Advertisement
Advertisement

विराटनगर ४ वरगाछी चोकबाट उत्तरपश्चिममा संचालनमा आएको यस विस्योर प्याथ ल्याब एण्ड डाइग्नोष्टिक सेन्टरको बिहीबार उद्घाटन गरिएको छ । प्रदेश एकका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले एक कार्यक्रमकाबीच ल्याबको उद्घाटन गरे । मन्त्री कार्कीले विभिन्न सूचकमा अग्रणी स्थानमा रहेको विराटनगरलाई स्वास्थको क्षेत्रमा पनि अब्बल बनाउँन यहाँका निजीक्षेत्र तथा उद्योगीब्यवसायीहरुले गरेको प्रयासको प्रशंसा गरे । विशेषगरी कोरोना महामारीबाट छुट्कारा पाउँन विराटनगरमा जुन ढंग निजिक्षेत्र अगाडी आएको छ यसले विराटनगरकै गौरव बढाएको भन्दै उनले धन्यवादसमेत ब्यक्त गरे ।

कोरोनाभाइरस तिव्र गतिमा फैलिरहेका बेला विराटनर तथा प्रदेशभरी नै पीसीआर परीक्षणका लागि सर्वसाधारणले सास्ती पाउँदै आएका छन् । तर अब यो ल्याब संचालनमा आएपछि निकै राहत हुने बताइएको छ । विराटनगरका उद्योगीहरु नविन रिजाल, प्रकाश मुन्दडा, महेश जाजु, अनिल शाहको गरी संयुक्त ५ करोडको लगानीमा यो विस्योर प्याथ ल्याब एण्ड डाइग्नोष्टिक सेन्टर संचालनमा आएको हो । संचालक मध्येका एक उद्योगी नविन रिजालले पीसीआर परीक्षणका लागि देशभरमै यहाँ जत्तिको राम्रो उपकरण नभएको बताए । त्यसैगरी अन्य ल्याब टेष्टका उपकरण वा जनशक्तिहरुमा पनि कुनै सम्झौता नगरिएको उनले बताए ।

विश्व महामारी कोरोनाभाइरस नियन्त्रणका लागि निजिक्षेत्रले पनि सरकारसंग हातेमालो गर्नु पर्छ । किनभने यो केबल सरकार एक्लोको प्रयासबाट सम्भव छैन । यही तथ्यलाई आत्मसाथ गर्दै र आफ्नो सामाजिक उत्तरदायित्वको ख्याल गर्दै विराटनगरका उद्योगीहरुले उचित समयमा आवस्यक कदम चालेका छन् । यस ल्याबले कोरोना संक्रमित तथा शंकास्पद संक्रमितलाई त सेवा दिन्छ नै दशैंको विशेष अवसरमा सर्वसाधारणलाई केही छुट समेत दिएको छ ।

प्रदेश एकमै एकमात्र र पहिलो अति अत्याधुनिक उपकरण राखेर ल्याव संचालनमा ल्याइएको छ । कोरोना महामारी अझै कति दिनसम्म रहने हो यकिन नभएका बेला पिसिआर परिक्षणका लागि ल्याब अपरिहार्य नै छ । झन यस्तोे अत्याधुनिक उपकरणसहितको ल्याबको महत्व धेरै नै रहन्छ । अहिले पीसीआर परीक्षणको नतिजा ढिलो गरी आउँने गरेकोमा यस ल्याबले जतिसक्दो चाडो नतिजा दिने परिकल्पनाका साथ संचालनमा ल्याइएको बताउँछन् मोरङ व्यापार संघका अध्यक्ष समेत रहेका अर्का संचालक प्रकाश मुन्दडा ।

विस्योर प्याथ ल्याब एण्ड डाइग्नोष्टिक सेन्टर प्रालि, विराटनगरमा दैनिक एक हजारसम्मको पीसीआर परीक्षण गर्ने क्षमताका साथ संचालनमा आएको छ ।

Advertisement

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top