मुख्यमन्त्री पौडेललाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो

७ कात्तिक, काठमाडौं ।

कोरोना संक्रमणपछि बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई थप उपचारका लागि हेलिकप्टरमा काठमाडौं ल्याइएको छ । उनलाई शुक्रबार दिउँसो नेपाली सेनाको हेलिकप्टरमा काठमाडौं ल्याइएको हाे ।

पौडेलको उपचार गंगालाल हृदय रोग केन्द्र बाँसबारीमा हुने प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए । उनका अनुसार मुख्यमन्त्री पौडेलको अवस्था सामान्य छ ।

Advertisement

बिहीबार कोरोना संक्रमण पुष्टि भएपछि पौडेल होम आइसोलेसनमा नै थिए । तर हालै मुटुको अपरेसन गरेका कारण समयमा नै उपचारमा सचेतता अपनाएको दाहालले बताए ।

‘मुख्यमन्त्रीको स्वास्थ्यमा खासै समस्या देखिएको छैन । केही सयम अगाडि मुटुको अप्रेशन गरिएको थियो । जसको कारणले समयमै सावधानी अपनाइएको हो,’ मुख्यमन्त्रीको सचिवालयले भनेको छ ।

Advertisement

सचिवालयका अनुसार गत जेठ १९ गते गंगालालमै मुख्यमन्त्री पौडेलको नियमित स्वास्थ्य परीक्षणका क्रममा मुटुमा समस्या देखिएपछि उनको एनजिओप्लास्टी गरिएको थियो

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top