७ कात्तिक, काठमाडौं ।
कोरोना संक्रमणपछि बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई थप उपचारका लागि हेलिकप्टरमा काठमाडौं ल्याइएको छ । उनलाई शुक्रबार दिउँसो नेपाली सेनाको हेलिकप्टरमा काठमाडौं ल्याइएको हाे ।
पौडेलको उपचार गंगालाल हृदय रोग केन्द्र बाँसबारीमा हुने प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए । उनका अनुसार मुख्यमन्त्री पौडेलको अवस्था सामान्य छ ।
बिहीबार कोरोना संक्रमण पुष्टि भएपछि पौडेल होम आइसोलेसनमा नै थिए । तर हालै मुटुको अपरेसन गरेका कारण समयमा नै उपचारमा सचेतता अपनाएको दाहालले बताए ।
‘मुख्यमन्त्रीको स्वास्थ्यमा खासै समस्या देखिएको छैन । केही सयम अगाडि मुटुको अप्रेशन गरिएको थियो । जसको कारणले समयमै सावधानी अपनाइएको हो,’ मुख्यमन्त्रीको सचिवालयले भनेको छ ।
सचिवालयका अनुसार गत जेठ १९ गते गंगालालमै मुख्यमन्त्री पौडेलको नियमित स्वास्थ्य परीक्षणका क्रममा मुटुमा समस्या देखिएपछि उनको एनजिओप्लास्टी गरिएको थियो