१० विकेटकाे जित निकाल्दै मुम्बई शीर्षस्थानमा, चेन्नई पहिलो चरणबाटै बाहिरियाे

८ कात्तिक, एजेन्सी ।
इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सले चेन्नई सुपर किंग्सलाई १० विकेटले पराजित गर्दै अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ । शुक्रबार शारजाह क्रिकेट स्टेडियममा भएको खेलमा जितको लागि १ सय १५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको मुम्बईले १२।२ ओभरमा बिनाविकेटको क्षतिमा सहजै पूरा गर्यो ।

मुम्बईको सानदार जितमा ईशान किशन ३७ बलमा ६ चौका र ५ छक्का सहित ६८ रनमा अविजित रहे । क्विन्टन डी कक ३७ बलमा ५ चौका र २ छक्का सहित ४६ रनमा अविजित रहे ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको चेन्नईले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियो । चेन्नईका युवा ब्याट्सम्यान साम करनले ४७ बलमा ४ चौका र २ छक्का सहित सर्वाधिक ५२ रनको योगदान दिए । इमरान ताहिर १० बलमा २ चौका सहित १३ रनमा अविजित रहे ।

Advertisement

नवौं विकेटका लागि ताहिर र करनले ३१ बलमा ४३ रनको साझेदारी गरेका थिए । नवौं विकेटका लागि आइपिएल इतिहासकै सर्वाधिक ठूलो साझेदारी हो । एक समय आइपिएल इतिहासकै कम योगफलको अवस्थामा पुगेको चेन्नईलाई साम करनले बचाएका थिए ।

चेन्नईले पहिलो ओभरको पाँचौ बलमा ओपनर रितुराज गायकवाडलाई शून्यमा गुमाएको थियो । ओपनर रितुराजलाई ट्रेन्ट बोल्टले एलबिडब्लू आउट अपिल गरेपनि अम्यायरले दिएका थिएनन् । तर कप्तान काइरन पोलार्डले रिभ्यु लिदै बोल्टको अपिललाई सहि सावित गरेका थिए । जुन समय चेन्नईले खाता खोल्न सकेको थिएन ।

जसप्रित बुमराहको दोस्रो ओभरको चौथो बलमा अम्बाती रायुडु क्विन्टन डी ककबाट दुई रनमा समातिन पुगे । लगत्तै अर्को बलमा नारायण जगदिशन शून्यमा सूर्यकुमार यादवबाट क्याच आउट हुँदा चेन्नई ३–३ को कमजोर अवस्थामा पुगेको थियो ।

बोल्टको तेस्रो ओभरको पाँचौ बलमा एज लाग्दै फाफ डु प्लेसिस डी ककबाट क्याच आउट भएपछि चेन्नई ३–४ को अवस्थामा पुगेको थियो । तीन रन जोड्दा प्रमुख चार विकेट गुमाएको चेन्नईले पाँचौ विकेटका रुपमा रविन्द्र जडेजालाई गुमाएको थियो । बोल्टको छैटौं ओभरको दोस्रो बलमा जडेजा सात रनमा क्रुनाल पान्ड्याबाट क्याच आउट हुन पुगेका थिए । आइपिएल इतिहासमा चेन्नईले पहिलो पटक पावर प्ले मा पाँच विकेट गुमाएको हो । अर्थात चेन्नईको यो इतिहासकै खराब पावर प्ले हो ।

स्पिनर राहुल चहरको सातौं ओभरको चौथो बलमा कप्तान महेन्द्रसिंह धोनी १६ रनमा क्याच आउट भएपछि आइपिएल इतिहासकै कम योगफलको खतरामा परेको थियो । धोनीले १६ बलमा २ चौका र १ छक्का प्रहार गरे । तर साम करनले राम्रो ब्याटिङ गर्दै रोयल च्यालेनजर्स बेंगलोरले सन् २०१७ मा कोलकाता नाइट राइडर्सविरुद्ध बनाएको सबैभन्दा कमयोगफल ४९ को खतरा टरेको थियो । नवौं ओभरको पाँचौ बलमा दीपक चहर स्टम्पिङ आउट भए । दीपक आफ्नो भाई राहुलको बलमा शून्यमा स्टम्पिङ आउट हुन पुगेका थिए ।

४३–७ को अवस्थामा पुगेको चेन्नईलाई करन र सार्दुल ठाकुरले २८ रनको साझेदारी गर्दै चेन्नईको साख बचाएका थिए । ठाकुर १५ औं ओभरको पाँचौ बलमा ११ रनमा यादवबाट क्याच आउट हुन पुगेका थिए । ठाकुरले २० बल खेलेका थिए ।
जस्प्रित बुमराहले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । ट्रेन्ट बोल्टले ४ ओभर १ मेडन १८ रन खर्चेर ४ विकेट लिए । राहुल चहरले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । नाथन कुल्टर नाइलले एक विकेट लिए ।

चेन्नईको यो इतिहासकै खराब प्रर्दशन हो । यो हारसँगै अन्तिम चारमा रहेर प्ले अफ खेल्ने सम्भावना चेन्नईको लगभग सकि सकेको छ । चेन्नईले अव रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध आइतबार खेल्ने छ भने मुम्बईले अव आइतबार राजस्थान रोयल्ससँग खेल्ने छ ।

मुम्बई १० खेलमा ७ मा जित र ३ मा हार सहित १४ अंकका साथ नेटरन रेटको आधारमा शीर्षस्थानमा उक्लिएको छ । समान १४ अंक भएपनि नेटरन रेटको आधारमा मुम्बई, दिल्ली र बेंगलोर क्रमश पहिलो, दोस्रो र तेस्रो स्थानमा छन् । चेन्नई सुपर किंग्स भने ११ खेलमा ८ मा हार र ३ मा जित सहित पुछारमा छ ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top