प्रधानमन्त्रीले ‘रअ’ प्रमुखसँग भेट्नु कूटनीतिक मर्यादाविपरीत: प्रवक्ता श्रेष्ठ

९ कात्तिक, काठमाडौँ ।

सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँग गरेको भेट राजनीतिक र कूटनीतिक मर्यादाविपरीत भएको बताएका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले प्रधानमन्त्री केपी ओली र भारतीय गुप्तचर संस्था प्रमुखबीच भएकाे भेटकाे आलोचना गरेका हुन्।

Advertisement

भेटबारे आफ्ना धारणा सार्वजनिक गर्दै श्रेष्ठले भनेका छन्, ‘नेपालको राजनीतिक एवं कूटनीतिक इतिहासमा यस प्रकृतिको यो पहिलो घटना हो, देशको प्रधानमन्त्रीले बिना कुनै निर्धारित कार्यसूची विदेशी गुप्तचर संस्थाको अधिकारीसँग कूटनीतिक मर्यादाविपरीत समकक्षीझैं औपचारिक वार्ता गरेको ।’

प्रधानमन्त्री ओली र गोयलबीच भएको भेटबारे सत्तारुढ दल नेकपालाई केही जानकारी नभएको प्रवक्ता श्रेष्ठको भनाइ छ । ‘भारतको गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोएल विमान नै चार्टर गरी आफ्नो टोलीसहित नेपाल आएर हाम्रा प्रधानमन्त्रीसँग ‘वार्ता’ गरेर फिर्ता भएछन् । प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्रालयको संस्थागत जानकारी र उपस्थितिबिना उनलाई भेट्नुभएछ,’ उनले लेखेका छन्, ‘हाम्रो पार्टीलाई यसबारेमा कुनै पूर्वजानकारी थिएन र पछि पनि पार्टीमा यसबारेमा कुनै संस्थागत एवं औपचारिक छलफल भएको छैन ।’

Advertisement

नेपालको गुप्तचर संस्थाले गोयललाई बोलाएर प्रधानमन्त्रीसँग शिष्टाचार भेट गरेको भए मर्यादाअनुरुप हुने श्रेष्ठको धारणा छ । ‘नेपालको राष्ट्रिय अनुसन्धान विभागको प्रमुखले आफ्नो समकक्षीलाई निश्चित विषयमा छलफल गर्न भ्रमणका लागि निमन्त्रणा गरेको हो भने कूटनीतिक मर्यादाअनुरुप शिष्टाचार भेट हुन सक्थ्यो,’ उनले लेखेका छन् ।

यस प्रकारको कार्यबाट राष्ट्रिय स्वाभिमान ,प्रतिष्ठा र कूटनीतिक ओज गिर्ने मात्र होइन ,अन्तत: राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुन सक्ने श्रेष्ठले बताएका छन्। पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका नेता श्रेष्ठले लेखेका छन्, ‘विदेशी गुप्तचर अधिकारीसँग प्रमको भेट र कुटनीतिक मूल्य र आचारसंहिता विपरीतको यस्तो भेट किन ? यसप्रकारको कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र कूटनीतिक ओझ गिर्ने मात्र होइन, अन्ततः राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुन सक्दछ ।’

प्रधानमन्त्री ओलीले गत बिहीबार राति ‘रअ’का प्रमुख सामन्त कुमार गोयलसँग प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई घण्टा भेटवार्ता गरेका थिए । प्रधानमन्त्रीनिकट नेताहरूले गोयलसँगको भेटको बचाउ गरिरहेका बेला इतर समूहका नेताहरूले भने आलोचना गरिरहेका छन् । प्रतिपक्षी दलहरूले पनि ओली-गोयल भेटको आलोचना गरिरहेका छन् ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top