बाँकेमा नवमीका दिन १५७ संक्रमित निको भएर घर फर्किए

८ कात्तिक ७७, आइतबार

९ कार्तिक, नेपालगञ्ज ।
बडा दसैंको पुर्वसन्ध्या आइतवार नवमीका दिन बाँकेका विभिन्न आइसोलेसनबाट एकैदिन १५७ जना संक्रमितहरु कोरोनामुक्त भै घर फर्किएका छन् ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार जिल्लामा एकैदिन यति धेरै संख्यामा संक्रमितहरु निको भएर डिस्चार्ज भएको यो पहिलो पटक हो ।

बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बडा दसैंको एकदिन अघि नवमीका दिन आइतबार बाँकेका ५९ महिला र ९८ पुरुष गरी १५७ जना संक्रमित कोरोनामुक्त भई डिस्चार्ज भएको बताए ।

Advertisement

श्रेष्ठले उनीहरुलाई असोज २५, २६ र २७ गते कोरोना संक्रमण देखिएपछि जिल्लाका विभिन्न आइसोलेसनमा राखेर निगरानी गरिएकोमा सबैको स्वास्थ्य सामान्य भएका कारण घर पठाईएको बताए ।

फोकल पर्सन श्रेष्ठका अनुसार सरकारले संक्रमितहरुमा पछिल्लो तीन दिनमा संक्रमणको लक्षण नदेखिएमा त्यस्ता व्यक्तिहरुलाई १० दिनमै डिस्चार्ज गर्ने र उनिहरू ७ दिन होम आइसोलेसनमा अनिवार्य बस्नु पर्ने मापदण्ड बनाएकोले सोही अनुसार उनीहरुलाई डिस्चार्ज गरिएको हो ।

Advertisement

यो सङ्गै बाँकेमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या दुई हजार ५१४ पुगेको छ ।विभिन्न आइसोलेसन केन्द्रमा अन्य जिल्लाका १८ सहित ४५१ जना अझैपनि उपचाररत हुनुहुन्छ ।

बाँके जिल्लामा हालसम्म कोरोनाबाट संक्रमितको संख्या दुई हजार ९७७ रहेको छ भने ३० जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ ।

सरकारले पाँचसय भन्दा बढी सक्रिय संक्रमित रहेको जिल्लालाई अति जोखिममा राखेपनि बाँकेमा आइतवारबाट ४३३ जनामात्र आईसोलेसनमा बाँकी रहेकाले यो जिल्ला जोखिम मुक्त जिल्ला बनेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुमवांगले बताए ।

यसैविच जिल्लामा शनिवार र आइतवार विहान गरेर ३५ जना संक्रमित थपिएका छन् । शनिवार भेरी लगायत जिल्लाका तीनवटै प्रयोगशालामा गरेर ३२ जना थपिएका थिए भने आइतवार विहान ३ जना थप थपिएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।(गोरखापत्र)

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top