नेपालका लागि भारतीय राजदूत क्वात्राले दिए नेपालीहरुलाई दसैंको शुभकामना

१० कात्तिक, काठमाडौं । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नेपालीहरुलाई दसैंको शुभकामना दिएका छन् ।

उनले दसैंले नेपालीहरुको राम्रो स्वास्थ्य, समृद्धि र भाग्य ल्याओस् भनि कामना गरेका छन् ।

नेपाली भाषामा ट्वीट गर्दै भारतीय राजदूत क्वात्राले भनेका छन्, ‘असत्यमाथि सत्यता र अन्यायमाथि न्यायको विजयको प्रतीक विजयदशमीको शुभ अवसरमा नेपालका साथीहरुलाई हार्दिक शुभकामना । यस चाडले तपाई र तपाईको परिवारलाई राम्रो स्वास्थ्य, समृद्धि र भाग्य ल्यायोस् ।’

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top