तीन दिनपछि हुने भनिएको नेकपाको केन्द्रीय समिति बैठक अनिश्चित

तीन दिनपछि हुने भनिएको नेकपाको केन्द्रीय समिति बैठक अनिश्चित

१२ कार्तिक, काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को तीन दिनपछि हुने भनिएको केन्द्रीय समिति बैठक अनिश्चित भएको छ ।

गत भदौ २६ गते सम्पन्न स्थायी समिति बैठकले महाधिवेशनको तयारीस्वरुप कार्तिक १५ देखि १७ गतेसम्म केन्द्रीय समिति बैठक बस्ने समय निर्धारण गरेको थियो ।

तर, निर्धारित समय आउन ३ दिनमात्रै बाँकी रहँदा बैठक बस्ने या सर्ने भन्ने अनिश्चितता बढेको हो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले तयारीको स्थिति हेर्दा केन्द्रीय समिति बैठबारे यसै भन्न नसक्ने प्रतिक्रिया दिए ।

‘बैठक स्थगित भैसकेको जानकारीमा छैन, तर तयारीको स्थिति हेर्दा केन्द्रीय समिति बैठकको बारेमा यसै हुन्छ भन्न त सकिएन’, प्रवक्ता श्रेष्ठको भनाइ छ । स्थायी समिति बैठकले असोज महिनाभित्र पार्टी एकतका बाँकी काम सक्ने, मंसिर भित्र सदस्यता नवीकरण लगायतका काम सक्ने भनेपनि निर्णयअनुसार कामहरु हुन सकेका छैनन् ।

नेकपा स्थायी समिति सदस्य सुवास नेम्वाङले मंगलबार महासचिवले प्रधानमन्त्री तथा अध्यक्षसँग भेटवार्ता गरेको र बुधबार(आज) कार्यकारी अध्यक्षसँगको छलफलपछि बैठकबारे थाहा हुने बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.