प्रदेश १ मा ५६९ जना संक्रमित थपिए, ६१९ डिस्चार्ज

१४ कात्तिक, विराटनगर ।
प्रदेश १ मा आज ५६९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २५३, झापामा १४३, सुनसरीमा ११२, उदयपुरमा १२, इलाममा ११, धनकुटामा ४, भोजपुरमा ३, सोलुखुम्वुमा २, पाँचथर, खोटाङ र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका २६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा १४७ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ६१ महिला र ८६ पुरुष छन् । मोरङको सुन्दरहरैचामा २०, पथरीशनिश्चरेमा १८, कटहरीमा ९,सुनबर्षीमा ८, ग्रामथानमा ७, बुढीगंगा र उर्लाबारीमा ६–६, धनपालथान र बेलबारीमा ५–५, कानेपोखरी, जहदा, मिक्लाजुङ, रंगेली र केराबारीमा ४–४ र रतुवामाईमा २ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

झापाको दमकमा ७५, विर्तामोडमा १५, गौरादहमा १०, कमल गाउँपालिकामा ९, कनकाईमा ६, भद्रपुरमा ५, बुद्धशान्ति, मेचीनगर र अर्जुनधारामा ४–४, शिवसताक्षी र हल्दिबारीमा ३–३, बा¥हदशीमा २, गौरीगञ्ज र झापा गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता सुनसरीको इटहरीमा ३९, धरानमा ३६, इनरुवामा ११, बराहक्षेत्रमा ८, रामधुनीमा ४, भोक्राहानरसिंहमा ३, दुहवी, गढी, बर्जु र देवानगञ्जमा २–२, कोशी गाउँपालिकामा १ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उदयपुरको त्रियुगामा ९, बेलकामा २ र स्थानीय तह नखुलेको १, इलामको इलाम नगरपालिकामा ६, फाकफोकथुममा ५,

धनकुटाको धनकुटा नगरपालिकामा ३ र शहिदभूमीमा १, भोजपुरमा ३, सोलुखुम्वुको सोलुदुधकुण्डमा २, पाँचथरको फिदिम, खोटाङको दिप्रङ चुईचुम्वा र ते¥हथुमको म्याङलुङमा १–१ र प्रदेश १ बाहिरका २६ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १८ हजार ९५३ पुगेको छ ।

प्रदेश १ मा आज ६१९ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ५९५, मेची अस्पतालबाट १३, न्युरो अस्पतालबाट ८ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ३ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या १० हजार ७९८ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार ९६० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २२३ महिला र ३४६ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ५८ हजार ९४८ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top