×

NEPAL TIMES UPDATES

Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026
Playing
बलिङ चम्किँदा यूएईमाथि नेपालको जित|| Nepal Times
Apr 25, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Apr 25, 2026
Playing
थापाथलीका सुकुमबासीः ९०%सँग अन्यत्रै जग्गा, एकै जनासँग २५ रोपनी || Nepal Times
Apr 25, 2026
Playing
सरकारले कसरी ‘स्क्रिनिङ’ गर्दैछ वास्तविक सुकुम्बासी ? || Nepal Times
Apr 25, 2026
Playing
यु*द्धमा असहयोग गरेको भन्दै नेटोलाई दण्ड दिने ट्रम्पको तयारी || Nepal Times
Apr 25, 2026
Playing
World News: नेतन्याहुलाई क्यान्सर, दक्षिण एसियाली बेहुली अब ‘वान ग्राम गोल्ड’तर्फ || Nepal Times
Apr 25, 2026
Playing
Top 15 Afternoon News || April-25-2026 || Nepal Times
Apr 25, 2026
Playing
नेतन्याहुले ट्रम्पलाई घुमाए, भ्रममा पारेर इरानमा फसाए|| Nepal Times
Apr 25, 2026
Playing
समाजसेवीको आवरणमा आर्थिक अपराध? शेखर गोल्छा किन प क्राउ परे ? || Nepal Times
Apr 25, 2026

जाडो छल्न मुस्ताङी बेंसी नझर्ने

१५ कार्तिक २०७७

म्याग्दी : हिउँदका चार महिना जाडो छल्न बेंसी झर्ने चलनलाई यस वर्ष मुस्ताङीले निरन्तरता नदिने भएका छन् । विगतका वर्षमा उपल्लो मुस्ताङबाट कात्तिक लागेपछि पोखरा झर्ने गरेका उनीहरू कोरोना महामारीका कारण उतै बस्ने भएका हुन् ।

गण्डकी प्रदेशमा मुस्ताङ ‘ग्रिन जोन’ मा रहेको एक मात्रै जिल्ला हो । यहाँ हालसम्म दुई जनामा संक्रमण पुष्टि भएकोमा एक जना निको भइसकेका छन् । कास्की प्रदेशभरिकै उच्च जोखिम रहेको जिल्ला हो । बालबालिकालाई पढाउन पोखरामा सञ्चालन गरिँदै आएको हिउँदे विद्यालय पनि यस वर्ष नचल्ने भएको छ । लोमान्थाङ गाउँपालिका–५ धेकाका कर्मा छिरिङ लोवा यो वर्ष जाडो खपेरै भए पनि घरमै बस्ने बताउँछन् । ‘तल कोरोनाको महामारी छ, बरु यहीं सुरक्षित छौं,’ उनले भने ।

Advertisement
Advertisement

उनका अनुसार अघिल्लो वर्ष बेंसी झर्दा फर्कने बेला बेमौसमी हिमपात भएपछि चैतसम्म पोखरामै रोकिनुपरेको थियो । त्यतिबेलै लकडाउनले थप तीन महिना थुनिए । भन्छन्, ‘अब सहज नहुँदासम्म बेंसी झर्दैनौं ।’

हिउँदमा हिमपात हुँदा अति चिसोबाट वृद्धवृद्धा, बालबालिका बढी प्रभावित हुन्छन् । लोमान्थाङ र लो घ्याकर दामोदरकुण्ड गाउँपालिकाले हिमपात नहुँदै घरघरमा हिटर बाल्न मिल्ने गरी केन्द्रीय बिजुली जोड्ने तयारी गरेको छ ।

उपल्लो र मध्य मुस्ताङका स्थानीय प्राचीन समयदेखि नै गधा, घोडा धपाउँदै बालबच्चासहित हिउँदमा बेंसीका म्याग्दी, पर्वत, कास्की, तनहुँसमेतका बस्तीमा पुगेर घुम्ती व्यापार गर्थे । मध्य फागुनपछि तिनै गधा, घोडामा खाद्यान्न बोकाएर घर फर्कन्थे । अहिले भने माथिसम्मै मोटरबाटो पुगेको छ । खाद्यान्नको समस्या नहुने भएको छ ।

Advertisement

लो घ्याकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष राजु विष्टले यो वर्ष कोही नझर्ने र घुम्ती विद्यालय पनि सञ्चालन नहुने बताए ।,याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

सम्बन्धित खबरहरु

Scroll to Top