आयुर्वेदिक उपचारमा आकर्षण

१४ कात्तिक ७७, शनिबार

१५ कार्तिक, बैतडी ।
कोभिड–१९ महामारीकाबीच पछिल्लो समयमा आयुर्वेदिक उपचारमा नागरिकको आकर्षण बढ्दै गएको छ ।

आयुर्वेदिक उपचारले साइड इफेक्ट पनि नहुने भएकाले यसतर्फ नागरिकको आकर्षण बढ्दै गएको हो । आयुर्वेद स्वास्थ्य केन्द्रमा आउने सेवाग्राहीको सङ्ख्या पछिल्लो समयमा बढ्दै गएको जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रका सूचना अधिकारी हिक्मत चन्दले जानकारी दिए ।

उनले भने, “आयुर्वेदिक उपचारमा नागरिकको आकर्षण बढ्दै गएको छ । यी औषधिको असर पनि नहुने भएकाले यसको प्रयोगमा आकर्षण बढेको हो ।”

उपचार पद्धति सजिलो र प्रभावकारी भएकाले कोरोना महामारीकाबीच आयुर्वेदिक उपचार पद्धतिको महत्व झन् बढेको उनले बताए । उनले भने, “स्थानीयस्तरमै पाइने जडीबुटी निकै लाभदायक रहेका छन् ।”

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा पञ्चकर्म सेवाअन्तर्गत स्नेहन र स्वेदन सेवा पनि सञ्चालनमा रहेको छ । बाथरोग, पायल्सलगायत रोगको प्रभावकारी विधिबाट उपचार हुने भएकाले सेवाग्राही बढेका छन् ।

आयुर्वेदिक औषधिको महत्वका बारेमा जानकारी हुन थालेपछि धेरै जसोले आयुर्वेदिक औषधि प्रयोग गर्ने गरेका छन् । आयुर्वेदिक औषधिले मानिसको शरीरमा राम्रो काम गर्ने भएकाले यसमा आकर्षण बढ्दै गएको दशरथचन्द नगरपालिका–१ का रामदत्त भट्टले बताए ।

उनले भने, “बाथरोग, पायल्स लगायतका रोगको उपचारका लागि आयुर्वेदिक उपचार पद्धति लाभदायक रहेको छ ।” जिल्लाको मेलौलीका साथै दशरथचन्द नगरपालिका–१ मुस्याचोर र दशरथचन्द नगरपालिका–४ शाहीलेकमा पनि आयुर्वेद औषधालय रहेका छन् ।

ती ठाउँबाट पनि विभिन्न रोगहरुको उपचार हुने गरेको छ । बैतडीको मेलौली स्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा आयुर्वेद चिकित्सक नहुँदा समस्या भएको छ ।

जिल्लाको एक मात्रै आयुर्वेद स्वास्थ्य केन्द्रमा आयुर्वेद चिकित्सकको दरबन्दी भए पनि विगत तीन वर्षदेखि आयुर्वेद स्वास्थ्य केन्द्र चिकित्सक विहीन रहेको केन्द्रका सूचना अधिकारी चन्दले जानकारी दिए ।

आयुर्वेद चिकित्सक नहुँदा क्षार सुत्र कर्म, पायल्सको उपचारलगायत सेवाहरु प्रभावित भएको छ । उनले भने, “ चिकित्सकले प्रदान गर्ने सेवा अरुले दिन सक्दैनन् । यसले सेवाग्राहीलाई मार परेको छ ।”

केन्द्रले अहिले पनि पञ्चकर्म, पूर्वकर्म सेवा सञ्चालन गरिरहेको भए पनि चिकित्सकको अभावमा ति सेवालाई प्रभावकारी बनाउन सकेको छैन । उनले भने, “हामीले आयुर्वेद स्वास्थ्य केन्द्रमार्फत विभिन्न सेवा सञ्चालन गरेका छौँ ।

चिकित्सकको अभावमा पायल्सको प्रभावकारी उपचार हुन सकिरहेको छैन ।” तल्लोसोराड क्षेत्रका नागरिकका लागि पायक पर्ने स्थानमा आयुर्वेद स्वास्थ्य केन्द्र भए पनि चिकित्सक नहुँदा सेवा पाउन असहज भएको स्थानीय केशवसिंह भाटले जानकारी दिए ।

उनले भने, “आयुर्वेदिक उपचारका नागरिकको आकर्षण छ । तर चिकित्सक नहुँदा हामीले केन्द्रबाट पाउने सेवा पाइरहेका छैनौँ ।”(रासस)

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top