एक लाख बराबरको अवैध सामान भन्सार बुझाइयो

१ जेठ ७५, बुधबार

विराटनगर, जेष्ठ २ ःसीमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण अभियान अन्तर्रगत प्रहरीले मंगलबार एक लाख एक हजार नौ सय रुपैया बराबरको अवैध सामान भन्सार बुझाएको छ ।

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले सोमबार सो मूल्य बराबरको खाधान्न, लत्ताकपडा, भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा बरामद गरेको थियो ।

बरामद सामान मंगलबार आवश्यक कारवाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top