×

NEPAL TIMES UPDATES

Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026
Playing
३५० उम्मेदवारले एक भोट पनि पाएनन्, ५१६ उमेदवारले मात्रै जमानत जोगाए || Nepal Times
Mar 11, 2026
Playing
Iran यु द्धबाट America ले उठायो आर्थिक फाइदा, कसरी ? || Nepal Times
Mar 11, 2026
Playing
सांसद् आइसके छैन् संसद् भवनःकहाँ हुन्छ सपथ, कहाँ बस्छ बैठक ? || Nepal Times
Mar 11, 2026
Playing
रविविरुद्धका २ मु द्दा फिर्ता लिने कि नलिने ? पूर्ण इजलासमा फैसला|| Nepal Times
Mar 11, 2026
Playing
जेनजीहरुले खोलेको दलले पानीसम्म पाएन,रास्वपा नै जेनजीमय|| Nepal Times
Mar 11, 2026

पीडामा यातायात व्यबसाय : सञ्चालन खर्च उठाउन धौधौ

१६ कार्तिक २०७७

काठमाडौं : दसैँको समयमा काठमाडौंबाट दैनिक ९० वटा गाडी नुवाकोटका लागि छुट्ने गर्दथे । अहिले मुस्किलले छ वटा गाडी नुवाकोटका लागि छुट्ने गरेका छन् । बिहीबारमात्रै नुवाकोट जानको लागि छ जना यात्रु बोकेर गाडी छुटेको थियो ।

काठमाडौंमा धेरै यात्रु बोक्ने र निक्कै चल्तीको सेवा प्रालिको रुपमा रहेको महानगर यातायातका ३९ ओटा गाडीमध्ये जोर बिजाेर अनुसार दैनिक १६ वटाभन्दा धेरै गाडी सञ्चालन हुनेमा शुक्रबार बिहान दुईवटा मात्रै गाडी गुडेका छन् । महानगरका गाडी नियमित रुपमा संचालन हुनको लागि एउटा गाडीबाट दैनिक कम्तीमा तीन हजार रुपियाँ संकलन हुनुपर्नेमा दसैँको मुख्य सिजनमा समेत एक हजार ६०० भन्दा धेरै संकलन हुनै सकेको छैन ।

तीजदेखि तिहारसम्मको तीन महिना यातायात व्यवसायीका लागि स्वर्णिम समय मानिन्थ्यो । यो तीन महिनाको कमाइले वर्षभरि यातायात सञ्चालन हुन्थ्यो । अरु समयमा ‘रनिङ कस्ट’ उठाएर यो समयको फाइदाले मासिक किस्ता तिर्ने र परिवारको गुजारा चलाउने गर्दथे यातायात व्यवसायीहरुले । यो वर्ष त्यस्तो भएन । चैत्रदेखिको लकडाउनले सबैभन्दा धेरै प्रभावितनै यातायात क्षेत्र बन्यो ।

नेपालमा ट्याम्पोदेखि मिनीबस हुँदै ठूला यात्रुबाहक सवारी साधनहरुको संख्या तीन लाख ५० हजार छ । प्रत्यक्ष सात लाखले रोजगारी पाएको यो क्षेत्रसँग प्रत्यक्ष प्रभावित हुनेको संख्या ४५ लाखभन्दा धेरै रहेको अनौपचारिक तंथ्याङ्ग छ ।

तर यो वर्ष यातायात क्षेत्र निक्कै प्रभावित बन्यो । राष्ट्रिय यातायात व्यवसायी महासंघका उपमहासचिव रवि रिमाल यही अवस्था केही समय भैरहने हो भने यो क्षेत्रसँग जोडिएका अरु क्षेत्रसमेत पलायन हुने बताउनुहुन्छ । ‘सरकारले यातायात व्यवसायीको कुरा सुनेको छैन, तर अब नियमित किस्ता तिर्न नसक्दा यसको सिधै असर बैंक तथा वित्तीय संस्थाहरुलाई पर्न थाल्छ’ रिमाल भन्नुहुन्छ ।

विगतका वर्षमा भन्दा यो वर्ष यात्रुहरुको संख्या ७० प्रतिशतले घटेको उहाँको अनुमान छ । विगतमा चाडपर्वको समयमा डिटेनमा बस्ने गाडीहरु नभए पनि यो वर्ष डिटेनमा बस्ने गाडीहरुको संख्या ५० प्रतिशतले बढेको उहाँको भनाइ छ । छोटा रुट र काठमाडौमा चल्ने गाडीमा केही भिडभाड जस्तो देखिए पनि अधिकाशं गाडीहरु खाली हुन थालेको उहाँले बताउनुभयो । आफै खट्ने स्वरोजगार व्यवसायीहरुले समेत किस्ता तिर्न धौ धौको अवस्था देखिएको उहाँको भनाइ छ ।
विगतका वर्षहरुमा नियमित ४० वटा बस चल्ने रसुवा रुटमा दसैंको समयमा ५० वटा गाडी थपेर ९० वटासम्म चल्ने भए पनि अहिले १० वटा गाडी पनि सञ्चालन हुनसकेको उपमहासचिव रिमाल बताउनुहुन्छ ।

अहिले छोटो तथा लामो दूरीमा चल्ने गाडीहरु जिल्ला जिल्लामा जाँदा खालीनै जानुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । ‘दसैजस्तो समयमा त भनेको जति यात्रु पाउन सकिएन अब कसरी सञ्चालन होला र ’ रिमाल भन्नुहुन्छ ।
विगतका दसैंमा भन्दा यो वर्ष चलेको गाडीको संख्या ७० प्रतिशतले कमी भएको उहाँले बताउनुभयो । महासंघले समेत बसपार्कबाट छुटेको तंथ्याङ्ग हेर्दा ७० प्रतिशतले कमी आएको उहाँले स्पष्ट पार्नुभयो । ‘यो वर्ष गाडी चलाउँदा लाग्ने तेल र चालक सहचालकको खर्च उठाउन पनि मुस्किल पर्याे’उहाँले भन्नुभयो ।, याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top