अरिङ्गालको टोकाइबाट महिलाको मृत्यु

१६ कात्तिक ७७, सोमबार

१७ कात्तिक, डोटी।

Advertisement

अरिङ्गालको टोकाइबाट डोटीमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको आदर्श गाउँपालिका–१ बाँझककानीको बाहुनटाक टोलकीअन्दाजी ७५ वर्षीया कटी लुहार रहेकी छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार वनमा गोठाला गएका बेलामा रुखमा गोलो बनाइ बसेको अरिङ्गालले आइतबार साँझ उनलाई टोकेको थियो । अरिङ्गालको टोकाइबाट घाइते भएकी ती महिलालाई मौवानगरदह स्वास्थ्यचौकीमा उपचारपछि आइतबार राति नै घरमा लगिएको थियो ।

Advertisement

घरमा लगिएकी महिलाको आज बिहान करिब २ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय मौवानगरदहले जानकारी दिएको छ । तीन दिनको अवधिमा जिल्लामा अरिङ्गालको टोकाइबाट तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । केही दिन पहिले मात्रै जिल्लाको सायल गाउँपालिकाका एकै घरका दुई बालिकाको अरिङ्गालको टोकाइबाट मृत्यु भएको थियो ।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top