स्वास्थ्यमन्त्रीविरुद्ध अदालतको अवहेलना मुद्दा, प्रधानमन्त्रीको नाम हटाइयो

१७ कात्तिक, काठमाडौं ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध अदालतको अवहेलना गरेको भन्दै सर्वाेच्चमा निवेदन दर्ता भएको छ ।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्यमन्त्री ढकाललाई विपक्षी बनाउँदै रिट दायर भएको थियो । रिट दर्ता हुँदा प्रधानमन्त्री ओलकिो नाम भने हटाइएको छ ।

Advertisement

सर्वोच्च अदालतले कोभिड १९ को उपचार निशूल्क गर्न आदेश गरेपनि उल्लंघन गरेको भन्दै अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केसीले  निवेदन दिएका हुन् ।

असोज १५ गते सर्वोच्चले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नाममा कोभिड १९को सबै उपचार निशुल्क गर्नु भनी परमादेश जारी गरेको थियो । तर, मन्त्रालयले उपचार शुल्क आफैं तिर्नु भनेको र सरकारी अस्पतालले समेत रकम तिर्नुपर्ने सूचना निकालेर परमादेशको अवज्ञा गरेको भन्दै निवेदनमा अदालतको अवहेलनामा हदैसम्मको सम्मको सजाय गर्न माग गरिएको छ ।

सर्वोच्च अदालतको फैसलाको उल्लंघन र अनादर भएको भन्दै स्वास्थ्यमन्त्री ढकाललाई १ वर्ष कैद र १० हजार जरिवाना गर्न निवेदनमा माग गरिएको छ ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top