दरबार हाइस्कुल सञ्चालनमा आउँदै

१७ कात्तिक ७७, मंगलबार

काठमाडौँ : पुनर्निर्माण सकिएर विद्यालयलाई साँचो हस्तान्तरण गरिएपछि ऐतिहासिक दरबार हाइस्कुल (भानु मावि) तिहारअघि नै नयाँ भवनबाट सञ्चालनमा आउनेभएको छ । विद्यालयका सबै भौतिक सामग्रीको बन्दोबस्त गरी तिहारअघि नै दरबार हाइस्कुल नयाँ भवनबाट कामकाज सञ्चालनमा ल्याउने भएको हो । विद्यालयका प्रधानाध्यापक अखिलेश आजादले तिहारअघि नै आफूहरू पूर्णरूपमा विद्यालयमा सरिसक्ने र त्यसका लागि काम भइरहेको जानकारी दिनुभयो ।

पाँच वर्षअघि २०७२ सालको विनाशकारी भूकम्पपछि क्षतिग्रस्त दरबार हाइस्कुल प्रदर्शनी मार्गस्थित वाल्मीकि विद्यापीठ नजिकैको परिसरमा सारिएको थियो । दरबार हाइस्कुलसँगै रहेको संस्कृत माध्यमिक विद्यालय रानीपोखरी पनि सोही स्थानमै सारिएको थियो । वाल्मीकि विद्यापीठ नजिकैको परिसरबाट विद्यालयका भौतिक सामान सार्ने काम सुरु गरिएको जनाइएको छ । विद्यालयमा तत्काल भौतिक कक्षा सुरु हुन सक्ने अवस्था भने छैन ।

यस्तो छ भौतिक संरचना
क्षतिग्रस्त र पुरानो संरचनामा रहेको दरबार हाइस्कुल यतिबेला आकर्षक र भव्य बनेको छ । ऐतिहासिक दरबार हाइस्कुल पुरानो तथा नयाँ स्वरूपमा पुनर्निर्माण गरिएको हो । विद्यालयमा ४६ वटा कक्षाकोठा छन् । विद्यार्थीको पठनपाठनमा यी कक्षाकोठा प्रयोगमा ल्याइनेछ । यसका साथै प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, चमेनागृह, विज्ञान प्रयोगशाला, पुस्तकालय र हल अलग्गै निर्माण गरिएको छ । चीन सरकारको सहयोगमा दुई वर्षको अवधिमा ८५ करोड ५९ लाख रुपियाँको लागतमा दरबार हाइस्कुलको पुनर्निर्माण कार्य पूरा गरिएको हो । साङ्घाई कन्स्ट्रक्सन गु्रपले तयार पारेर नेपाल सरकारलाई विद्यालय हस्तान्तरण गरिएको हो ।

Advertisement

बाहिरी आवरण पुरानै शैलीमा र भित्री संरचना नयाँ शैलीमा गरी विद्यालयको पुनर्निर्माण कार्य पूरा गरिएको जनाइएको छ । यही कात्तिक पहिलो साता राष्ट्रपति विद्यादेवी भण्डारीले सो विद्यालय भवनको उद्घाटन गर्नुभएको हो । २०७२ सालको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएको ऐतिहासिक दरबार हाइस्कुल दुई वर्षको अवधिमा पुनर्निर्माण कार्य सकिएको थियो ।

कक्षा अनलाइनबाटै
विद्यालयको प्रशासनिक बन्दोबस्त तिहारअघि नै गरिए पनि कक्षा भने अनलाइन माध्यमबाटै सञ्चालन गरिने जानकारी विद्यालयले दिएको छ । विद्यालयका प्रअ आजादका अनुसार कक्षा सातदेखि १० सम्मको कक्षा प्रभावकारी रूपमा नै सञ्चालन भएको छ । तल्लो कक्षाको अनलाइन कक्षा भने प्रभावकारी हुन नसकेको विद्यालयका प्रअ आजादले जानकारी दिनुभयो ।,याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top