चिटिक्क बन्दै सिंहदरबारको पूर्वी भाग, मङ्सिरभित्र मन्त्रिपरिषद् कार्यालय सारिने

१७ कात्तिक ७७, मंगलबार

१८ कात्तिक, काठमाडौँ ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएका प्रमुख प्रशासनिक स्थल सिंहदरबारको पूर्वी भाग आगामी मङ्सिर मसान्तभित्र प्रवलीकरण सकिने भएको छ ।

पूर्वी भागको प्रवलीकरणको काम सकी आन्तरिक साजसजावटको काम भइरहेकाले मङ्सिर मसान्तभित्र सकी त्यसलगत्तै नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सार्ने तयारी भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) का आयोजना निर्देशक श्यामकिशोर सिंहले राससलाई जानकारी दिए।

Advertisement

उपप्रधानमन्त्री एवं सल्लाहकारको कार्यकक्षको व्यवस्थापनका लागि थप काम गर्ने निर्देशन प्राप्त भए पनि पूर्ववत् लक्ष्यअनुसार नै कामसक्ने एकाइको प्रतिबद्धता छ । पूर्वी भाग प्रवलीकरणका लागि फागुन मसान्तसम्मको अवधि भए पनि मङ्सिर मसान्तमै काम सकिने उनको भनाइ छ । रानीपोखरी उद्घाटन समारोहमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पनि मङ्सिर मसान्तभित्र काम सकी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारको मूल भवनमा सारिने प्रतिबद्धता जनाएका थिए ।

गौरी÷शर्मा एण्ड न्यु टेक्निकल जेभीले सिंहदरबार प्रवलीकरण गरिरहेको छ । उत्तर, पूर्व र दक्षिण भाग प्रवलीकरणको लागत रु ७५ करोड रहेको पनि आयोजना निर्देशक सिंहले बताए। उत्तर र दक्षिणी भागको कामका लागि भने अझै केही समय लाग्ने जनाइएको छ । सिंहदरबार मूल भवनको बगैँचामा दुबो रोप्ने, सरसफाइलगायत काम पनि सँगसँगै भइरहेको छ ।

Advertisement

सिंहदरबार पश्चिमी भाग प्रवलीकरणको काम भने विसं २०७६ चैतमा शुरु भएको थियो । पश्चिमी भाग २०७८ चैतसम्ममा सकिने एकाईले जनाएको छ । सिंहदरबार पश्चिम मूल ढोकाको सेनाको भवन पुनःनिर्माणको कामसमेत शुरु भइसकेको छ ।

सिंहदरबारको पश्चिम खण्ड राणा प्रधानमन्त्री चन्द्रशम्शेर जबराको पालामा निर्माण भएको हो । यो विसं २०३० को आगलागीबाट बचेको मौलिक भाग हो । उक्त आगलागीबाट उत्तर, पूर्व र दक्षिण भाग जलेर नष्ट भएको थियो । जसको पछि पुनःनिर्माण गरिएको हो । सिंहदरबारको पूर्वी मूल ढोकामा प्रहरीको भवन पनि बनाउन लागिएको एकाइले जनाएको छ ।

भूकम्पले क्षतिग्रस्त भएका सिंहदरबार पुनःनिर्माण गर्ने कि प्रवलीकरण भनेर लामो विवाद भएको थियो । पुरातत्वविद्लगायत प्राविधिकले अध्ययन गरी प्रवलीकरण गर्ने प्रतिवेदन दिएपछि काम अघि बढेको थियो । जसले गर्दा प्रवलीकरणमा समय लागेको हो ।रासस

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top