×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || May-16-2026 || Nepal Times
May 16, 2026
Playing
Taiwanलाई हति यार बेच्ने कि नबेच्ने निर्णय गर्दै Trump || Nepal Times
May 16, 2026
Playing
नेपाली दूतावासको जग्गा श्रीलंकामा कसले बेचिदियो ?|| Nepal Times
May 16, 2026
Playing
विश्व राजनीतिमा नयाँ संकेत, नेपालजस्ता मुलुकका लागि के अर्थ राख्छ ?|| Nepal Times
May 16, 2026
Playing
विश्वकप यात्रा जोगाउन नेपाललाई जित अनिवार्यजस्तै|| Nepal Times
May 16, 2026
Playing
बालेन सरकारलाई सर्वोच्चको अर्को झड्का || Nepal Times
May 16, 2026
Playing
किन छानबिन भएन ज्ञानेन्द्र शाहको सम्पत्ति? || Nepal Times
May 15, 2026
Playing
गौरवका आयोजनाको बेहालः २७ आयोजनामा ५ खर्ब खर्च,३ वटा सम्पन्न || Nepal Times
May 15, 2026
Playing
नेपालको गुप्तचरीको इतिहास,सधै नेताको भकुण्डो, बालेनले के गर्लान् ?|| Nepal Times
May 15, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-01-2083 || Nepal Times
May 15, 2026

अफगानिस्तानमा करिब ४० हजार बालबालिका नियमित खोपबाट वञ्चित

१८ कार्तिक २०७७

१८ कात्तिक, एजेन्सी । अफगानिस्तानमा झण्डै ४० हजार बालबालिका नियमित खोप सेवा लिनबाट वञ्चित भएका छन् ।

पाँच वर्षमुनिका झण्डै दुई लाख ६५ हजार बालबालिकालाई नियमित खोप दिनुपर्ने तर तालिवानी विद्रोहीको पकड रहेको क्षेत्रमा ४० हजार बालबालिका दादूरा लगायतका रोगविरुद्धको नियमित खोपबाट वञ्चित भएका सरकारको दाबी छ ।

Advertisement
Advertisement

वादखशान प्रान्तमा तालिवान समूहले लगाएको प्रतिबन्धका कारण सरकारी गतिविधि सञ्चालन हुन नसक्दा ती बालबालिका नियमित खोप लिनबाट वञ्चित भएको प्रान्तीय जनस्वास्थ्य निर्देशक नुर खवारीले जानकारी दिए । उनका अनुसार तालिवान समूहको प्रभावक्षेत्रमा खोप कार्यक्रम प्रभावित भएको छ ।

सरकारले ४० हजार बालबालिकालाई घर घरमा पुगी खोप दिने अभियान थालेको थियो तर यमगन, रघुस्तान, दारा-ए-खुस्तक, जुर्म र वारजुजका केही क्षेत्रमा खोप कार्यक्रम प्रभावित हुँदै आएको छ । तालिवानका प्रवक्ता जाबिहुल्ला मुजाहिदले सरकारको दाबी आधारहीन रहेको र केही बालबालिकाका अभिभावक आफैँले खोप दिन अस्वीकार गरेको बताएको खबरमा उल्लेख छ ।

Advertisement
Advertisement

अफगानिस्तानको सरकारले देशभरका ६१ लाख बालबालिकालाई पोलियो विरुद्धको खोप दिने गरी अभियान चलाएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top