×

NEPAL TIMES UPDATES

Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026
Playing
नेपालमा घण्टी बज्यो, तमिलनाडुमा सिठ्ठी|| Nepal Times
May 04, 2026
Playing
हिजबुल्लाहले पायो रुसी हति यार, Israelले रोक्न नसक्ने, फेरि खत रनाक खेल || Nepal Times
May 04, 2026
Playing
घरमा छापा मारेपछि आत्तिएका मुख्यमन्त्री बानियाँ के भन्दैछन् ?|| Nepal Times
May 04, 2026
Playing
युरोपेली गुप्तचरको निष्कर्ष– पुटिनको ह त्या हुन सक्छ|| Nepal Times
May 04, 2026
Playing
आज कोशीसम्मै वर्षा, हुरीबतास र चट्याङबाट बच्नु, बीपी राजमार्ग बन्द|| Nepal Times
May 04, 2026
Playing
Cambodia मा कठोर कानुन लागूः ५ लाख डलर जरिबाना र आ जीवन कैद || Nepal Times
May 04, 2026
Playing
बालेन सरकारले भारतसँग मल किन्ने, तर भारतले नै थापेको छ अड्को|| Nepal Times
May 04, 2026

‘कीर्तिचक्र’ विजेता म्याग्दीका पदमबहादुरका नाममा भारतमा विद्यालय

१९ कार्तिक २०७७

१९ कात्तिक, म्याग्दी ।

सन् १९९१ को मे महिना । यस महिनामा भारतका प्रायः सबै राज्यमा प्रचण्ड गर्मीले मानिसलाई सताउने गर्दछ । जम्मु कस्मिरको कारगिल क्षेत्रमा भने हिउँ पग्लिने र जाडो घट्नेक्रम मात्र शुरु भएको थियो ।

Advertisement
Advertisement

जम्मु कस्मिर क्षेत्रका मानिस आआफ्नो दैनिकीमा व्यस्त थिए । भेँडाका बथानसँगै घोडाका लस्करहरु चरिरहेका त्यहाँका हरिया खर्क आफ्नै लयमा प्रकृतिको नियमानुसार हराभरा हुँदै थिए ।

त्यसै समय भारत र पाकिस्तान दुवै देशको विवादित क्षेत्र जम्मु कस्मिरमा पाकिस्तानी उग्रवादीहरुको प्रवेश भएको खबर भारत सरकारले गुप्तचरमार्फत् प्राप्त गरेपछि आसाम राइफल रेजिमेन्टका सुवेदार पदमबहादुर क्षेत्री (रावल) को नेतृत्वमा १७ जना सैनिकको टोली कारगिल क्षेत्रमा खटायो । क्षेत्रीको नेतृत्वमा भारत सरकारले ‘रक्षक अप्रेशन’ नामक अभियान कारगिल क्षेत्रमा सञ्चालन गर्यो ।

म्याग्दीको रत्नेचौरका पदमबहादुर क्षेत्री सानैदेखि निडर र बहादुर त थिए नै त्यसमाथि आफ्नै नेतृत्वमा पाकिस्तानी उग्रवादीहरुविरुद्ध भारत सरकारले अप्रेशन नै सञ्चालन गरेपछि उनको जिम्मेवारी झनै बढ्यो ।

सन् १९९१ को मे ५ तारिख आफ्नो जीवनको सबैभन्दा स्मरणीय दिन भएको रावल बताउँछन् । उनका अनुसार सोही दिन रावल नेतृत्वको भारतीय फौज (७ आसाम राइफल रेजिमेन्ट) ले ३८ जना पाकिस्तानी उग्रवादीहरुलाई मारेर जम्मु कस्मिरलाई पाकिस्तानीहरुको नियन्त्रणमा हुनबाट जोगाएको थियो ।

‘रच्नेचौरको भूगोलमा सानोमा खेलेको बुर्कुसी र लडिबुडी कार्गिलको टुकडा भन्ने गाउँको भूगोलमा मज्जाले काम लाग्यो,’ ७२ वर्षीय रावलले भने, ‘दुश्मनसँग लढ्दा मैले त झलझली आफ्नै गाउँको भिरालो जमिन र रातोमाटो सम्झिएको थिएँ, यो माटोको सम्झनाले अझै तागत दिन्थ्यो मलाई ।’

त्यस युद्धमा ७२ जना पाकिस्तानी सैनिकहरु हताहत भएका रावलले स्मरण गरे । रावलले भने, ‘तर बिबिसीले ३८ जना पाकिस्तानी मारिएको भनेर समाचार प्रशारण गरेपछि हताहत हुने पाकिस्तानी सैनिकको संख्या ३८ मा नै सीमित भएको थियो ।’

रावल एक्लैले नौ जना पाकिस्तानी सैनिकहरुलाई मार्नुका साथै पाकिस्तानी सैनिकहरुबाट १०३ थान हातहतियारहरु खोसेका थिए । युद्ध समाप्त भएपछि बीबीसीले रावलको अन्तर्वार्ता समेत प्रशारण गरेको थियो ।

रावलका अनुसार त्यति धेरै पाकिस्तानी सेनाहरु मारिँदा आफ्नोतर्फका जम्मा तीन जना सैनिकले विरगति प्राप्त गरेका थिए । रावलले पाकिस्तानी सैनिकसँग देखाएको बहादुरीको कदर गर्दै भारत सरकारले सन् १९९२ मा रावललाई कीर्तिचक्र पदकबाट सम्मान गरेको थियो ।

कीर्तिचक्र भारतको सैनिक क्षेत्रतर्फको परमवीर चक्र पछिको दोस्रो ठूलो सम्मान हो । परमवीर चक्र सैनिक सेवामा महत्वपूर्ण योगदान पुर्याएका सैनिकहरुलाई मरणोपरान्त दिइन्छ भने कीर्तिचक्र सैनिकको जीवनकालमा नै दिइन्छ ।

रावलले सैनिक जीवनमा भारतीय भूमी रक्षाका लागि गरेको योगदानलाई भारत सरकारले २९ वर्षपछि पुनः स्मरण गर्दै रावलको नाममा आसाममा हालै सैनिक शिक्षालय स्थापना गरेर सम्मान गरेको छ । गत अक्टुबर १८ तारिखमा भारतको आसाम राज्यमा भारत सरकारले पदमबहादुर क्षेत्री सैनिक शिक्षालयको उदघाटन गरेको छ ।

आफ्नो नाममा सैनिक शिक्षालय स्थापना भएको खबर पाउँदा अत्यन्त खुशी लागेको रावलले बताए । ‘मलाई त्यहाँको सैनिक मुख्यालयले निमन्त्रणा गरेको थियो,’ रावलले भने, ‘तर कोभिड– १९ को जोखिम र प्रतिकूल समयका कारणले गर्दा म जान सकिनँ ।’

खुसी र बधाईको लर्को, गाउँघर र आफन्तमा खुशियाली

भारतीय सैनिकबाट सेवानिवृत्त भएपछि गाउँमा नै बनिबुतो र घरधन्दा गरेर दिन काट्ने गरेका रावल आसाममा आफ्नै नामको सैनिक शिक्षालय स्थापना भएको खबर सामाजिक सञ्जालहरुमा आएपछि भने निकै व्यस्त भएका छन् ।

खुशी साट्न र बधाई दिन कतिपय व्यक्ति घरमा नै आउने गरेका छन् भने कतिपयले फोनबाट नै खशी व्यक्त गर्दै बधाई दिने गरेका छन् ।

‘मलाई अहिले फोनमा बोल्दाबोल्दै दिन ढलेको पत्तै हुँदैन’, रावलले भने, ‘भारतबाट सबैभन्दा धेरै फोन आउँछ, विदेशमा गएका आफन्तहरु, रिटायर्ड भारतीय सैनिक र अरु धेरै जनाले फोन गरेर बधाई दिनुभएको छ ।’

रावलको गाउँ रत्नेचौरमा अहिले खुशियाली छाएको छ । दसैँको रमाइलो वातावरणमा प्राप्त भएको खबरले रत्नेचौरवासी दंग परेका छन् । आफ्नै गाउँका एक अग्रजका नाममा भारतमा स्थापना भएको सैनिक शिक्षालयले पदमबहादुर रावलको मात्रै नभएर उनको जन्मगाउँ रत्नेचौर, जिल्ला र समग्र देशको नै प्रतिष्ठा उँचो बनाएको स्थानीयले बताएका छन् ।

बेनी नगरपालिका वडा नं. १ रत्नेचौरका वडाध्यक्ष टेकबहादुर रावलले पदमबहादुर क्षेत्री रावलले प्राप्त गरेको यो सम्मानले रत्नेचौर गाउँ र म्याग्दी जिल्ला मात्रै नभएर नेपाल नै गौरवान्वित भएको प्रतिक्रिया दिए ।

त्यसैगरी हाल काठमाडौंमा बस्दै आएका नाताले भाञ्जा पर्ने राम कार्कीले भारत सरकारले पदमबहादुर रावलका नाममा सैनिक शिक्षालय स्थापना गरेर नेपालीको बहादुरी र इमान्दारिताको सम्मान गरेको बताए । उनले भने, ‘यो हामी परिवार र आफन्तको मात्र होइन, नेपालले नै प्राप्त गरेको सम्मान हो ।’

नौवटै नाति भारतीय सेनामा

रावलको पारिवारिक पृष्ठभूमि पनि सैनिक विरासतले युक्त छ । पदमबहादुर क्षेत्रीका हजुरबुबा स्व. रणबहादुर रावलले प्रथम विश्वयुद्धमा भारतीय सेनाका तर्फबाट बहादुरी प्रदर्शन गरेबापत मरणोपरान्त सन् १९१४ मा परमवीर चक्र प्राप्त गरेका थिए ।

बहादुर बाजेका बहादुर नाति भनेर कहिलएका पदमबहादुरका हजुरबुबा रणबहादुर रावलका दुई श्रीमती थिए । एउटी श्रीमतीबाट पदमबहादुरका बुबा प्रेमबहादुर रावल र अर्कीबाट लालबहादुर रावलको जन्म भएको थियो । प्रेमबहादुर रावलका दुई भाइ छोरा गोरखबहादुर रावल र पदमबहादुर रावल तथा लालबहादुर रावलबाट सात भाइ छोरा जन्मिए । परमवीर चक्र प्राप्त गरेका तिनै रणबहादुर रावलका नौवटै नाति भारतीय सेनामा भर्ती भएका थिए ।

वीरता र बहादुरीले भरिएको सैनिक जीवन

उन्नाइस वर्षको कलकलाउँदो उमेरमा सन् १९६६ जनवरी १५ मा सेभेन (७) आसाम राइफल रेजिमेन्टमार्फत भारतीय सेनामा प्रवेश गरेका पदमबहादुर रावलको सैनिक जीवन वीरता र बहादुरीको कथाले भरिएको छ ।

आसाम राइफलमा भर्ती भएपछि १४ महिनासम्मको कठोर तालिमबाट उनले आफूलाई निखार्दै जस्तोसुकै परिस्थिति आए पनि कहिल्यै पछि नहट्ने कसम खाएको बताए । सन् १९६६ देखि २००२ सम्म ३६ वर्ष उनले भारतीय सेनामा रहँदा एक दर्जनभन्दा बढी युद्धमा लडेको र ती सबैमा विजय प्राप्त गरेको जानकारी दिए । सन् १९७१ मा पहिलो पटक पाकिस्तानविरुद्धको युद्धमा सहभागी हुँदाको अनुभव निकै रोचक रहेको उनले सुनाए । त्यस युद्धमा पूर्वी पाकिस्तानको केही भूभाग भारतले नियन्त्रणमा लिएको र पछि बंगलादेशमा मिलाइएको उनले जानकारी दिए ।

त्यसपछि सन् १९७६ मा नागाल्याण्डमा उग्रवादीसँगको भिडन्तमा सहभागी हुँदा कैयौं उग्रवादीहरु हताहत भएका र सयौं जना पहरोमा लर्किंदै भागेको दृश्य अझै पनि स्मरणमा रहेको उनले सुनाए ।

त्यस्तै मणिपुरमा पनि उग्रवादीहरुसँग नै भिड्नुपरेको र त्यहाँ आफ्नो पक्षका सेनाले हातहतियारहरु गुमाउनुपरेको तर मानवीय क्षति भने नभएको उनले स्मरण गरे । सन् १९९० मा जम्मु कस्मिरमा पाकिस्तानी सेनासँगको युद्ध पनि उनले लडेका थिए । यिलगायत अरु कैयौं युद्ध र अकल्पनीय भिडन्तमा भारतीय सेनाकोतर्फबाट नेतृत्व गर्दै लड्नु परेको उनले सुनाए ।

पदमबहादुरको इच्छा

सन् २००२ मा भारतीय सेनाबाट सेवानिवृत भई गाउँमा नै बस्दै आएका रावलको दैनिकी अत्यन्त सरल र सादगीपूर्ण छ । कडा सैनिक अनुशासनमा जीवनका ऊर्जावान ३६ वर्ष बिताएका रावल गाउँमा अत्यन्त सरल र मिलनसार व्यक्तिका रुपमा चिनिन्छन् ।

उमेरले ७२ वर्ष पार गरिसकेका रावल अझै पनि फूर्तिलो र तन्दुरुस्त छन् । रावल सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय रहन्छन् । स्थानीय भानु माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षदेखि लिएर अन्य विभिन्न सामाजिक संघसंस्थाहरुको नेतृत्व गरिसकेका रावल घरायसी काममा पनि रुचि राख्छन् ।

देशको परिवर्तित राजनीतिक व्यवस्थासँग रावलको कुनै गुनासो छैन । यसलाई उनी जनचाहना र समयको मागका रुपमा बुझ्छन् । आफ्नो गाउँमा भएका विकास निर्माण र जनताले पाएका सेवा सुविधाप्रति उनी सन्तुष्ट छन् । उनको एउटैमात्र चाहना भनेको गाउँमा व्यवस्थित अस्पताल भैइदिएहुन्थ्यो भन्ने छ । रावलले भने, ‘अरु सबै कुरा राम्रो छ, एउटा सुविधासम्पन्न र व्यवस्थित अस्पताल भइदिए मेरो इच्छा पूर्ण हुने थियो ।’

Advertisement

रासस

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top