नरवणेलाई कालो झण्डा देखाउँछु भनेपछि पुण्य गौतम पक्राउ

१९ कात्तिक ७७, बुधबार

१९ कात्तिक, काठमाडौं ।

Advertisement

शान्ति भड्काउने गरी अभिव्यक्ति दिएपछि पुण्य गौतमलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत बौद्धले मङ्गलबार राति गौतमलाई नियन्त्रणमा लिएको हो ।

नेपालको औपचारिक भ्रमणमा आउने नरवणेलाई ‘कालो झण्डाले स्वागत गर्ने’ अभिव्यक्ति दिएपछि उनलाई पक्राउ गरिएकाे हाे ।

Advertisement

गौतमले विभिन्न च्यानलमार्फत असामान्य क्रियाकलाप गर्ने भन्दै उत्तेजक अभिव्यक्ति दिएपछि नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले बताए।

गौतमलाई आज अभद्र व्यवहार मुद्दामा म्याद थप गरी थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top