कमला ह्यारिसको जित होस् भन्दै मावली गाउँमा विशेष पूजा

१९ कात्तिक ७७, बुधबार

१९ कार्तिक, एजेन्सी ।
तामिलनाडुको एउटा सानो गाउँमा अमेरिकी चुनावको पूर्वसन्ध्यामा कमला ह्यारिसले जितून् भनेर विशेष पूजा भइरहेको छ ।

Advertisement

उत्साहित गाउँलेहरूले उनको जितका लागि पूजा आयोजना गरेका हुन् । डेमोक्रेटिक पार्टीबाट उपराष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिसकी आमा चेन्नई सहरबाट ३५० किलोमिटर टाढा रहेको गाउँमा जन्मेकी थिइन् ।

उनका मावली हजुरबुवा पीभी गोपालन तुलसेन्द्रपुरमा बस्थे । पीभी गोपालनको परिवार अहिले प्रदेशको राजधानी चेन्नई बस्छ । धर्मासास्था नामका देवतालाई मङ्गलवार तुलसेन्द्रपुरममा दूधको अभिषेक गर्ने कार्यक्रम थियो ।

Advertisement

चुनावमा ह्यारिसले जितून् भनेर स्थानीय बासिन्दाले गाउँका विभिन्न स्थानमा ब्यानर र फ्लेक्स बोर्डहरू राखेका छन् । कमला ह्यारिसका हजुरबा पीभी गोपालनले धर्मसास्थालाई कुलदेवता मान्थे ।

मन्दिरका एक सञ्चालक एसभी रामानान भन्छन्, कमलाले पाँच वर्षको हुँदा उक्त मन्दिरको भ्रमण गरेकी थिइन् । उनी भन्छन्, कमलाकी सानीमा सरला गोपालनले अहिले पनि हरेक वर्ष केही हजार रुपैयाँ दानका रूपमा मन्दिरलाई पठाउने गरेकी छन् ।

Advertisement

धर्मसास्था मन्दिर ३०० वर्षजति पुरानो छ । गाउँले र नेताहरूले पनि यो मन्दिरमा विशेष पूजा लगाउने गर्छन् । मन्दिर सञ्चालक समितिले स्थानीय बासिन्दाको भावनाको कदर गर्दै पूजा लगाउन दिएको हो ।

रामाननले भने, कमलाकी सानीमाले कमलाको नाममा सन् २०१४ मा मन्दिर पुननिर्माणका लागि ५,००० रुपैयाँ दान दिएकी थिइन् । अनि कमलाको नाम पनि दाताको नामको सूचीमा राखिएको छ ।

तुलसेन्द्रपुरममा पूजा आयोजना गर्नेमध्ये एक सुधाकरले भने, उपराष्ट्रपतिको चुनावमा ह्यारिको सहभागिताले गाउँका युवाहरू गौरवान्वित छन्, उनीहरूको आत्मविश्वास बढेको छ ।

उनीहरूले यस पटकको चुनावमा विशेष रुचि राखेका छन् । यो पटक कमलाले जितून् र हाम्रो गाउँको मान राखून् भन्ने हाम्रो चाहना छ । (बीबीसी)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top