×

NEPAL TIMES UPDATES

Playing
१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?|| Nepal Times
Apr 26, 2026
Playing
ह्वाइट हाउसको रात्रिभोजमा गो*लीबारी, ट्रम्पको आकस्मिक उद्धार|| Nepal Times
Apr 26, 2026
Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026
Playing
बलिङ चम्किँदा यूएईमाथि नेपालको जित|| Nepal Times
Apr 25, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Apr 25, 2026
Playing
थापाथलीका सुकुमबासीः ९०%सँग अन्यत्रै जग्गा, एकै जनासँग २५ रोपनी || Nepal Times
Apr 25, 2026
Playing
सरकारले कसरी ‘स्क्रिनिङ’ गर्दैछ वास्तविक सुकुम्बासी ? || Nepal Times
Apr 25, 2026
Playing
यु*द्धमा असहयोग गरेको भन्दै नेटोलाई दण्ड दिने ट्रम्पको तयारी || Nepal Times
Apr 25, 2026
Playing
World News: नेतन्याहुलाई क्यान्सर, दक्षिण एसियाली बेहुली अब ‘वान ग्राम गोल्ड’तर्फ || Nepal Times
Apr 25, 2026
Playing
Top 15 Afternoon News || April-25-2026 || Nepal Times
Apr 25, 2026

ओलीपक्षीयहरुको जुम भेला : जबजको पक्षमा माहोल बनाउन निर्देशन

२० कार्तिक २०७७

काठमाडौँ : पदीय भागबन्डा नमिलेर मूल नेतृत्वबीच नै पार्टी फुट्ने र फुटाउने आपसी धाकधम्की चलिरहेका बेला नेकपामा थाती रहेको ‘जनताको बहुदलीय जनवाद (जबज)’ को बहस ब्युँतिएको छ । त्यसको सुरुवात प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली स्वयंले प्रदेश १ बाट गरेका छन् ।

प्रधानमन्त्री ओली र सचिवालय सदस्य ईश्वर पोखरेलले बुधबार प्रदेश १ का आफूपक्षीय नेताहरूबीच ‘भर्चुअल बैठक’ गरेर जबजको पक्षमा माहोल बनाउन निर्देशन दिएका छन् । त्यसका लागि मदन भण्डारी फाउन्डेसनलाई वडास्तरसम्म विस्तार गर्न उनीहरूले प्रदेश १ का नेताहरूलाई निर्देशन दिएका छन् । निर्देशनमा उनीहरू पक्षीय स्थानीय नेताहरू सहमत छन् ।

Advertisement
Advertisement

पार्टीको राजनीतिक कार्यक्रम र मार्गदर्शक सिद्धान्तबारेको मतभेद चैतमा तय गरिएको एकता महाधिवेशनबाट टुंगो लगाउने सहमति नेकपाभित्र छ । त्यसैले पूर्वएमाले र पूर्वमाओवादी धारले भन्दै आएको क्रमशः जनताको बहुदलीय जनवाद र एक्काइसौं शताब्दीको जनवादलाई जोडेर नेकपाले हालका लागि ‘जनताको जनवाद’ लाई आफ्नो कार्यक्रम भनेको छ । तर पूर्वएमालेहरूलाई एक ठाउँमा राख्ने रणनीतिअनुरूप जबजको बहस सुरु गरिएको ओलीनिकट स्रोतको भनाइ छ । त्यसका लागि ओलीले सबै प्रदेशका आफूनिकट नेताहरूसँग परामर्श गर्ने तयारी गरेका छन् । गत भदौ २९ गते अध्यक्षद्वय ओली र पुष्पकमल दाहालले जारी गरेको अन्तरपार्टी निर्देशनमा प्रतिष्ठान तथा फाउन्डेसनका कारण गुट झाँगिएकाले त्यो रोक्नुपर्ने उल्लेख छ । तर बुधबारको बैठकमा अध्यक्ष ओली र सचिवालय सदस्य पोखरेलले पार्टी एकताको डोरी चुँडियो भने आउने जस्तोसुकै परिस्थितिका लागि पनि तयार हुन आफूपक्षीय नेताहरूलाई निर्देश गरे ।

भर्चुअल भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो विचारलाई कसिलो बनाउन नेताहरूलाई निर्देशन दिएका छन् । केन्द्रीय सदस्य देवेन्द्र दाहालले पछिल्लो समय नेतृत्वमा भएको असमझदारी र त्यसलाई हल गर्न भइरहेको प्रयासबारे प्रधानमन्त्री ओलीले बैठकलाई जानकारी गराएको बताए । ‘भदौ २६ मा सकिएको स्थायी कमिटी बैठकले ज–जसलाई जे–जे जिम्मेवारी दिएको थियो, त्यो पालना नगर्दा समस्या आएको हो,’ ओलीको भनाइ उद्धृत गर्दै दाहालले भने । उनका अनुसार प्रधानमन्त्री ओलीले पार्टी एकीकरण हुँदा जनताको जनवादलाई कार्यक्रम मानिएको भए पनि महाधिवेशनपछि जबज नै पार्टी कार्यक्रम बन्ने गरी अहिलेदेखि नै छलफल थाल्न निर्देशन दिए । ‘पार्टी एकीकरण हुँदा हामीले जनताको जनवादलाई नेकपाको कार्यक्रम बनायौं,’ उनले बैठकमा भनेका थिए, ‘महाधिवेशन हुँदा कुन कार्यक्रम अँगाल्ने भनेर फ्लोर ओपन हुन्छ, जबजको विषय छलफलमा जान्छ ।’

प्रधानमन्त्री ओलीले दुई अध्यक्षबीच समझदारी नबनेसम्म पार्टीको बैठक बस्न नसक्ने पनि स्पष्ट पारेका छन् । बैठकमा जबजलाई फैलाउन र पूर्वमाओवादी पक्षधरको पकडबाट प्रदेश १ लाई जोगाउन पनि मदन भण्डारी फाउन्डेसनलाई बलियो बनाउने समझदारी जुटेको सहभागी अर्का एक नेताले बताए । ‘जबज भनेपछि नेपाल पक्षधर नेताहरू पनि एकजुट भइहाल्छन्,’ ती नेताले कान्तिपुरसँग भने, ‘त्यसैले पनि जबजबारे व्यापक प्रचारप्रसार जरुरी छ, त्यसका लागि मदन भण्डारी फाउन्डेसनलाई स्थानीय तहसम्मै विस्तार गरेर जानुपर्छ ।’

बैठकमा सहभागी उपप्रधानमन्त्री एवं सचिवालय सदस्य पोखरेलले विचारमा प्रस्ट नभएसम्म ठीक ढंगले अगाडि बढ्न नसकिने उल्लेख गर्दै जबज नै पार्टीको कार्यक्रम हुनुपर्ने बताएका थिए । ‘अहिले हामीले अवलम्बन गरेको जनताको जनवादको अन्तरवस्तु पनि जबजकै हो,’ पोखरेलले बैठकमा भनेका थिए, ‘नेकपा अहिले विचारमा प्रस्ट नभएको जस्तो देखिएको छ, त्यसको पूर्ति पनि जबजले नै गर्ने हो ।’ उनले मदन भण्डारीका विचारहरूको प्रचारप्रसारका लागि फाउन्डेसनको विस्तार गर्नुपर्ने बताए ।

‘पार्टीमा अहिले परिस्थति सहज छैन । असहज परिस्थितिको सिर्जना उचाइबाटै गरिएको छ, त्यो परिस्थितिको सामना कसरी गर्ने भन्ने तपाईंहरूको प्रश्नमा म भन्छु, सबैभन्दा पहिले विचारमा स्पष्ट हुनुपर्छ, विचारमा स्पष्टता भएन भने हामी ठीक ढंगले अघि बढन् सक्दैनौं, हाम्रो विचार जनताको बहुदलीय जनवाद पार्टीले समातेको छ,’ पोखरेलले भने, ‘जबजबाट निर्देशित हुने हाम्रो निष्कर्ष र निचोडलाई कहिल्यै कमजोर ढंगबाट समात्नु हुँदैन ।’

उनले जनताको जनवाद अल्पकालीन कार्यक्रम मात्रै भएको र त्यसको अन्तरवस्तुमा जबज नै रहेको बताएका थिए । ‘मदन भण्डारीका विचारहरूको योगदानबारे देशभरका कम्युनिस्ट कार्यकर्ताहरू र आम जनतालाई बुझाउने कर्तव्य हाम्र्रै हो । त्यो कर्तव्यबाट किञ्चित रूपले मात्रै पनि हामी पछि पर्ने छैनौं । त्यसमा मदन भण्डारी फाउन्डेसनले अगुवाइ गरेर काम गरोस् । त्यसमा साथीहरू पनि सहभागी हुनुपर्छ,’ पोखरेलले भने, ‘भण्डारीका विचार के हुन् ? जनताको बहुदलीय जनवादले भन्न खोजेको कुरा के हो ? मदन भण्डारीले देशलाई पुर्‍याउनुभएको योगदान के हो ? यो कुरा हामी बताउनेछौं । यो बताउने कुरालाई कसैले पनि रोकछेक गर्न सक्दैन । यस किसिमको योजना बनाएर फाउन्डेसन अघि बढोस् ।’

Advertisement

बैठकमा सहभागी प्रदेश १ का ओली पक्षीय नेताहरूमध्ये १७ जनाले विचार राखेका थिए । तीमध्ये कतिपयले पार्टी एकता नै गलत भएको तर्क गरेका थिए । त्यसमा जवाफ दिँदै पोखरेलले देशभरिका कार्यकर्ता र जनताको चाहना तथा मुलुक राजनीतिक अस्थिरताबाट जोगाउन एकता गरिएको स्पष्ट पारे । ‘एकता गरिरहँदा पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीज्यूको बलियो सरकार बनाएर जनताको पक्षमा काम गर्न सकियोस् भन्ने थियो,’ उनले भनेका थिए, ‘तर अरू कतिपय गुमेको राजनीतिक हैसियत प्राप्त होस् भन्ने भित्री चाहनाका कारण पार्टी एकताका लागि तयार भएका हुन सक्छन्, कुण्ठाग्रस्त मानसिकता बोकेका नेतृत्व तहका मान्छेलाई एकता भए आफ्नो स्वार्थ पूरा हुन्छ भन्ने पनि लागेको हुन सक्छ ।’,याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

सम्बन्धित खबरहरु

Scroll to Top