×

NEPAL TIMES UPDATES

Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
कतारबाट नेपालीको गुहार, “हामी डराएका छौँ, देशले बेवास्ता नगरोस् ” || Nepal Times
Mar 05, 2026
Playing
Iran-US यु*द्धका कारण चीनदेखि जापानसम्म हा*हा*कार || Nepal Times
Mar 05, 2026
Playing
इ रानले अ जरबैजानमा हान्यो ड्रो न, प्रतिकार गर्ने चे तावनी|| Nepal Times
Mar 05, 2026
Playing
छिटपुट घ टनाबाहेक शान्तिपूर्ण रुपमा सकियो मतदान || Nepal Times
Mar 05, 2026
Playing
अमेरिकामा पर माणु मिसाइल टेस्ट, यु द्धकै बीच लन्च भयो मिनेटम्यान–३ मिसाइल|| Nepal Times
Mar 05, 2026
Playing
के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आ रोप|| Nepal Times
Mar 05, 2026
Playing
फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै || Nepal Times
Mar 05, 2026
Playing
Iranमा हम ला गरेर फसे America–Israel, हरेक दिन १ अर्ब डलर स्‍वाहा || Nepal Times
Mar 05, 2026
Playing
अहिलेसम्म कति मत खस्यो ? || Nepal Times
Mar 05, 2026

बाइडेनलाई अमेरिकी चुनावी इतिहासमै सबैभन्दा बढी मत

२० कार्तिक २०७७

२० कात्तिक, एजेन्सी ।

 डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले अमेरिकी राष्ट्रपति निर्वाचनकै इतिहासमा सबैभन्दा बढी लोकप्रिय मत प्राप्त गरेका छन् । यस पटक जो बाइडेनले ७ करोड २० लाख (५०.४ प्रतिशत)भन्दा बढी मत प्राप्त गरेका छन् ।

याे सन् २००८ मा बाराक ओबामाले प्राप्त गरेको मत भन्दा पनि बढी हाे। त्यतिबेला ओबामाले ६ करोड ९४ लाख ९८ हजार ५ सय १६ मत प्राप्त गरेका थिए ।

केही राज्यमा मतगणना नसकिएकाले बाइडेनको मत अझ बढ्नेछ । बाइडेनले अहिले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लोकप्रिय मतमा जितेका छन् ।

बिहीबार बिहानसम्म ट्रम्पले ६ करोड ८५ लाख(४७.९ प्रतिशत)भन्दा बढी मत प्राप्त गरेका छन् । अन्तिम नतिजा आउने बेलासम्म ट्रम्पले पनि ओबामाले प्राप्त गरेको भन्दा बढी मत पाउन सक्ने देखिएको छ ।

लोकप्रिय मत बढी पाउँदैमा अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन कठिन छ भन्ने कुरा सन् २०१६ को चुनावले देखाएको छ ।ट्रम्पले भन्दा करिब ३० लाख बढी मत प्राप्त गर्दा पनि हिलारी क्लिन्टन इलोक्टोरल भोटमा पछि पर्दै पराजित भएकी थिइन् । यस पटक अमेरिकी चुनावको इतिहासमै सबैभन्दा बढी मत खसेको पनि बताइएको छ । त्यस्तै सन् २००८ मा भन्दा यस पटक अमेरिकाको जनसंख्या पनि बढेको छ ।

सन् २००८ मा ३० करोड ४० लाख रहेको अमेरिकाको जनसंख्या सन् २०२० मा ३३ करोड पुगेको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ । यस पटक करिब १६ करोड अमेरिकी नागरिकले मतदान गरेको बताइएको छ । जसअनुसार मतदान गर्न योग्य अमेरिकी नागरिकमध्ये ६७ प्रतिशत यस पटक मतदानमा सहभागी भएका छन् । यसअघि सन् १९०८ मा ६५ प्रतिशत मत खसेको थियो ।

ताजा अवस्थामा डेमोक्रेटिक उम्मेदवार बाइडेन २६४ इलेक्टोरल भोटसहित अगाडि रहेका छन् । ट्रम्प भने २१४ इलेक्टोरल भोटसहित बाइडेनलाई टक्कर दिइरहेका छन् । पेन्सिलभेनिया, नर्थ क्यारोलाइना, जर्जिया, अलास्का र नेभादामा मतगणना जारी नै रहेको छ । यीमध्ये केही राज्यलाई ‘ब्याटलग्राउन्ड’ राज्य मानिएको छ ।

नेभादाबाहेक सबै राज्यमा ट्रम्पले अग्रता लिएका छन् । कुल ६ इलेक्टोरल भोट रहेको नेभादा जितेमा बाइडेन अमेरिकाको राष्ट्रपति बन्ने लगभग निश्चित हुनेछ । त्यस्तै जर्जियामा अझै ९० हजार जति मत गन्न बाँकी रहेकाले त्यहाँ पनि बाइडेनले जित्न सक्ने डेमोक्रेटिक पार्टीले दाबी गरेको छ । ट्रम्पले भने बाइडेनलाई हराउन मतगणना जारी रहेका सबै राज्य जित्नुपर्ने आवश्यक देखिएको छ ।

भर्खरको समाचार

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

राष्ट्रपति र उपराष्ट्रपतिले गरेनन् मतदानः पूर्वराष्ट्रपतिहरु के भन्छन् ?

Screenshot 2026-03-05 155551

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

आजको निर्वाचन किन विशेष छ ?

59dec7b1-ffc4-4a59-92ac-05992ca9a7c9

रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार यादव पक्राउ, मोदीको भिडियो बनाउने समातिए

646734880_1237585725170615_3234719909965768070_n

प्रधानमन्त्रीले धापासीबाट भोट हाल्ने, बालेन, कुलमानले हाले भोट

Screenshot 2026-03-05 081435

बालेन,रवि,ओलीदेखि प्रचण्ड,गगनसम्मले आफूलाई भोट हाल्न नपाउने

2f9aeca7-a85b-4734-b63e-8656aa1e6cd6 (1)

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

सम्बन्धित खबरहरु

Scroll to Top