ओली–प्रचण्डबीचकाे छलफल सम्पन्न

२० कात्तिक, काठमाडाैँ ।

प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भएको छलफल विना निष्कर्ष टुंगिएकाे छ ।

नेकपाभित्रको विवाद समाधानबारे बालुवाटारमा छलफल भए पनि कुनै निष्कर्ष ननिस्किएको हो । प्रधानमन्त्री ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दिउँसो १२ बजे बालुवाटार पुगेका थिए ।

 करिब एक घण्टा लामो भएको आपसी छलफलमा पार्टीको आन्तरिक विषयमा छलफल भएको हुनसक्ने प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईले बताए । पार्टीको आन्तरिक तिक्तता बाहिर आइरहेका बेला दुई अध्यक्षले त्यसबारे छलफल गरी समाधानको प्रयासमा जुटेको बुझिएको छ ।

राजदूत सिफारिस, मन्त्रिमण्डल हेरफेर, कर्णाली प्रदेशका मुख्यमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता, ‘रअ’ प्रमुखसँगको भेटलगायत कारण नेकपाका दुई अध्यक्षबीच विवाद बढ्दै गइरहेको छ ।

सरकारले महत्त्वपूर्ण निर्णय गर्नुपूर्व सचिवालयका सदस्यको सुझाव, अध्यक्षद्वयको आपसी परामर्श र सहमतिको आधारमा गर्नुपर्ने भदौ २६ गतेको स्थायी कमिटी बैठकका निर्णय पालना नगरेको प्रधानमन्त्री ओलीमाथि आरोप लाग्दै आएको छ ।

पार्टी काममा केन्द्रित हुनुपर्ने अध्यक्ष प्रचण्डले सरकारले गर्ने स–साना काममा पनि हस्तक्षेप गर्न खोजेको ओली पक्षका नेताहरुको आरोप छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top