×

NEPAL TIMES UPDATES

Playing
समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो|| Nepal Times
Mar 11, 2026
Playing
Balenले प्रधानमन्त्री भएर कुनै चमत्कार गर्नु पर्दैन|| Nepal Times
Mar 11, 2026
Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026

बाढी पीडितका पीडाः आश्वासन आए, राहत आएन

२० कार्तिक २०७७

२० कात्तिक, अछाम ।

अछामको बान्निगढी जयगड गाउँपालिका वडा नं ६ का चक्रबहादुर थापाको गत भाद्र २ गते आएको कैलाश खोलाको बाढीले पुरै खेत बगायो । करिब २० मुरीभन्दा बढी धान फल्ने खेत बाढीले बगाएपछि अहिले के खाने भन्ने चिन्तामा उहाँको परिवार रहेको छ । खेतसँगै रहेको भैंसी गोठ पनि बगायो र घरसँगै रहेको पाखोबारी पनि बाढीले बगाउँदा केही दिन घर छोडेर अरुको घरमा साहरा लिन पुगेको उनी बताउँछन् ।

“खाने खेत, तरकारी बारी बाढीले बगाउँदा अहिले भोकमरीको चिन्ताले सताउन थालेको छ ।” उनले भने, “कुनै ठाउँबाट पनि राहतको लागि केही भएको छैन । नेता आए, मन्त्री आए आश्वासन दिएर गए तर बाढी गएको तीन महिना पुग्नै लाग्दा पनि राहत कतैबाट आएन ।” उनले आएको राहत पनि रामारोशन गाउँपालिकाको वडा नं ५ बाढीले बढी क्षति भएको क्षेत्रमा मात्र सीमित भएको गुनासो गरे ।

रामारोशन गाउँपालिकाको वडा नं १ का भक्तप्रसाद खनालको करिब ५० मुरी धान फल्ने खेत बाढीले बगर बनायो । आधाभन्दा बढी खेत बगर भएपछि आउँदा दिनहरुमा कसरी गुजारा चलाउने भन्ने चिन्तामा खनाल रहेका छन् । उनको आम्दानी स्रोत भनेकै त्यही खेत थियो । ८ जनाको परिवार पाल्ने आधार त्यही खेत थियो भने ६ छोराछोरीको शिक्षा दिक्षा पनि त्यही खेतबाट उत्पादन भएको अन्न बिक्री गरेर चल्थ्यो ।

“दैबी प्रकोपभन्दा ठूलो केही रहेनछ । सपना सबै बाढीमै बगेर गए । बाँकी रहेको धानखेती पनि बालुवामै पुरियो ।” उनले भने, “कतैबाट राहत पाइएको छैन तर पनि पाइन्छ कि भन्ने आशा जीबितै छ । राहत पनि नपाए भोकभोकै मर्नु पर्छ कि भन्ने डर छ ।”

बाढीका कारण सबैभन्दा बढी प्रभावित भएको रामारोशन गाउँपालिकामा पर्ने कैलाश खोला किनारका अधिकांश खेतीयोग्य जमिन बगर बनेको छ भने बाँकी रहेको जमिन पनि बालुवाले पुरिएका छन् । अब सो क्षेत्रमा खेती बिस्तार गर्न सक्ने अवस्था समेत छैन । सम्भावना बोकेको रामारोशन पुरानै अवस्थामा फर्किन अब १० बर्ष लाग्ने स्थानीय बताउँछन् । कैलाश खोलाले दिएको पीडा भुल्न वर्षौ लाग्ने स्थानीय खडक बिकले बताए । “यो हाम्रो इतिहासकै कैलाश खोलाले पुर्याएको सबैभन्दा ठूलो क्षति हो । सायद यस्तो क्षति पहिले पनि भएको थिएन । पछि पनि हुँदैन होला ।” उनले भने, “कैलाशले दिएको पीडा सजिलै भुल्न सकिने अबस्था छैन । यसले कैयौंका सपना चुराएको छ भने कैयौंलाई घरबार बिहिन बनाएको छ ।”

बाढीका कारण विच्छेद भएको सडक सञ्जाल अल्पकालीनरुपमा जोड्ने काम भएको छ भने स्थानीय स्तरबाटै उत्पादन हुँदै आएका साना लघु जलविद्युत आयोजना पनि बाढीले बिक्षिप्त भएपछि अहिले सोही विद्युत लाईनमा राष्ट्रिय प्रसारण लाइन जोड्ने काम भइरहेको गाउँपालिकाका अध्यक्ष झंकरबहादुर साउँदले बताए । गाउँपालिकाले आफ्नो क्षेत्रभित्र भएको क्षतिको विवरण समेत सङ्कलन गरिसकेको उनले जानकारी दिए ।

गाउँपालिकाका लेखा अधिकृत जनक न्यौपानेले ९ सय ३ जनाको खेतबारीमा क्षति पु¥याएको विवरण गाउँपालिकामा रहेको जानकारी दिए । बाढीबाट ६ हजार ५ सय ४३ जना परिवार प्रभावित भएको बताए । उनले २ हजार ८ सय २८ दशमलव ९ रोपनी खेत र ८ सय ८२ दशमलव ५ रोपनी पाखो बारीमा बाढीले क्षति पु¥याएको जानकारी दिए ।

उनका अनुसार बाढीका कारण ज्यान गुमाउने मृतक परिवारलाई ५ हजारका दरले र दुईजनाका परिवारलाई ४० हजारका दरले गाउँपालिकाले सहयोग गरेको छ भने गाउँपालिकाले बाढी प्रभावितहरुको सहयोग सङ्कलनका लागि खोलिएको खातामा हालसम्म ४ हजार ७५ हजार ७६ सय ८५ रुपैयाँ सङ्कलन भएको जनाइएको छ विनाशकारी बाढीका कारण करोडौंको क्षति भएको थियो । बाढीबाट ९ जना वेपत्ता छन् भने ८ जनाको अकालमा ज्यान गएको थियो ।रासस

भर्खरको समाचार

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

सम्बन्धित खबरहरु

Scroll to Top