अविश्‍वासको सामना गर्दै अस्थिरताका प्रयत्न चकनाचुर पारिनेछ : प्रधानमन्त्री

२० कात्तिक ७७, शुक्रबार

२० कात्तिक, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध अविश्वासको चलखेल भइरहेको बताउँदै त्यसको सामना गर्ने बताएका छन् । आफूले कुनै पनि हालमा राजीनामा नदिने र राजीनामा दिएमा मुलुक बर्बाद हुने भनेर अभिव्यक्ति दिएको एकदिन पछि प्रधानमन्त्रीले सरकारविरुद्ध पार्टी भित्रैबाट अविश्वासका कुरा आइरहेको बताएका हुन् ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकमा प्रधानमन्त्रीले पार्टीभित्र विभिन्न ठाउँमा चलखेल भइरहेको बताएका हुन् । एक मन्त्रीकाअनुसार बैठकको सुरुमै प्रधानमन्त्रीले पार्टीभित्र जारी विवादतर्फ संकेत गर्दै मन्त्रीहरूलाई आफ्ना धारणा सुनाएका थिए ।

‘पार्टीमा गुटबन्दी चलिरहेको छ । सरकारलाई असहयोग गर्ने कुरा भइरहेका छन् । कोटेश्वरमा अहिले पनि गतिविधि भइरहेका छन् भन्नुभयो,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै ती मन्त्रीले भने, ‘प्रधानमन्त्रीले बैठकको सुरुमै विश्वास, अविश्वासका कुरा चल्दैछन् त्यसको सामना गरिनेछ भन्नुभयो ।’

सरकार ढाल्नेबारे गतिविधि भनइरहेको भन्दै प्रधानमन्त्रीले अस्थिरता हुन नदिने मन्त्रीहरूलाई बताएका थिए । ‘त्यस्ता अस्थिरताका प्रयत्नहरूलाई चकनाचुर पारिनेछ,’ प्रधानमन्त्रीले भनेको कुरा ती मन्त्रीले सुनाए ।

प्रधानमन्त्रीले यसअघि पनि पार्टीमा विवाद उत्पन्न हुँदा मन्त्रीहरूलाई आफ्नो कित्तामा बस्ने कि पार्टीमा आफ्नो विपक्षमा उभिएका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालको पक्षमा उभिने हो भनेका थिए । साउन महिनामा चलेको विवादका बेला उनले मन्त्रीहरूलाई कित्ता छुट्याउन भनेका थिए । यसपटक भने आफ्ना कुरा मात्रै राखेको तर कित्ता छुट्याउन नभनेको अर्का एक मन्त्रीले बताए ।

पार्टीभित्र विवाद चर्किएका बेला प्रधानमन्त्रीले बुधबारमात्रै कुनै पनि हालतमा राजीनामा नदिने बताएका थिए । बिहीबार भने उनले आफूविरुद्ध अविश्वासको प्रस्ताव आएमा सामना गर्ने बताएका हुन् । आफ्नो विपक्षमा रहेका दाहाल र नेपाल खेमाले संसदीय दलमा अविश्वासको प्रस्ताव ल्याउन सक्ने ओलीको आशंका रहेको छ ।

बिहीबार मन्त्रिपरिषद् बैठक चलिरहेका बेला दाहाल र नेपालले पार्टीमा आबद्ध कानुन व्यवसायीसँग छलफल गरेका थिए । पार्टी कार्यालय कोटेश्वरमा बैठक चलिरहेको तर्फ संकेत गर्दै प्रधानमन्त्रीले ‘कोटेश्वरमा चलखेल चलिरहेको’ बताएका हुन् ।

संसदीय दलमा ओली पक्षले आफूसँग बहुमत सांसद रहेको दाबी गर्दै आएको छ । यसअघि पनि ओली पक्षले बालुवाटारमा नै सांसदहरूलाई बोलाएर आफ्नो पक्षमा हस्ताक्षर गर्न लगाएको थियो । पछिल्लो समय भने दाहाल- नेपाल पक्षले प्रधानमन्त्री तथा संसदीय दलका नेता ओलीविरुद्ध हस्ताक्षर अभियान चलाएको ओली पक्षको दाबी छ । कान्तिपुरबाट

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top