आज थपिए २,९०९ संक्रमित, ४,५०० जना डिस्चार्ज

२१ कात्तिक, विराटनगर । नेपालमा पछिल्लो २४ घण्टामा थप १८ जना गरी हालसम्म १ हजार ७० संक्रमितको मृत्यु भएको छ ।

Advertisement

त्यस्तै २४ घन्टामा थप २ हजार ९ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ८८ हजार ८ सय ८३ पुगेको छ ।

आज शुक्रबार कोरोनामुक्त भएर ४ हजार ५ सय जना डिस्चार्ज भएको मन्त्रालयको आधिकारीक वेभसाइटमा उल्लेख गरिएको छ । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ५२ हजार ९ सय ८ पुगेको छ ।

Advertisement

हालसम्म सक्रिय संक्रमितको संख्या ३४ हजार ९ सय ५ पुगेको छ भने १२ सय ५४ जना क्वारेन्टिनमा रहेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top