नेपालमा पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणबाट १८ जनाकाे मृत्यु

२१ कात्तिक, काठमाडौं ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा देशभर २ हजार ९०९ जना संक्रमित भएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ।

Scroll to Top