राष्ट्रपतिबाट ‘मैले बुझेको गान्धी’ को लोकार्पण

२४ कात्तिक ७७, सोमबार
Share this
773shares

२४ कात्तिक, काठमाडौँ ।

Advertisement

राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका राष्ट्रपिता महात्मा गान्धीको १५१ औं जन्मजयन्ती तथा ‘महात्माको १५० वर्ष’ स्मरणोत्सवको समापनका अवसरमा आज ‘मैले बुझेको गान्धी’ पुस्तकको लोकार्पण गरेकी छन्।

राष्ट्रपति भण्डारीले राष्ट्रपति भवन, शीतल निवासमा आयोजित कार्यक्रमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राको उपस्थितिमा पुस्तकको लोकार्पण गरेकी हुन् । दूतावासले विपी कोइराला भारत–नेपाल फाउण्डेसनको सहकार्यमा प्रकाशन गरेको पुस्तकले गान्धीका बारेमा पहिलो पटक नेपाली दृष्टिकोणलाई सङ्कलन गरेको छ ।

Advertisement

गान्धीका योगदानका बारेमा विविध क्षेत्रका नेपालका २५ प्रतिष्ठित व्यक्तित्वको विचारलाई पुस्तकमा समावेश गरिएको छ । प्रकाशनले नेपालका युवालाई महात्मा गान्धीबारे अझ नजिकबाट बुझ्न सघाउ पु¥याउने अपेक्षा गरिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top