वुमन्स टि२० च्यालेन्जकाे उपाधि ट्रेलब्लेजर्सलाई

२४ कात्तिक ७७, मंगलबार

२५  कात्तिक, एजेन्सी ।

भारतीय महिला क्रिकेट टोलीकी ओपनर स्मृती मन्धानाको कप्तानी प्रदर्शनसँगै ट्रेलब्लेजर्सले वुमन्स टि२० च्यालेन्ज २०२० को उपाधि जितेको छ । सोमबार राती शारजाह क्रिकेट स्टेडियममा भएकाे फाइनल खेलमा सुपरनोभाजलाई १६ रनले पराजित गर्दै ट्रेलब्लेजर्स च्याम्पियन बनेको हो ।

जितका लागि १ सय १९ रनको विजयी लक्ष्य पछ्याएको सुपरनोभाजले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २ रन बनायो । सुपरनोभाजकी कप्तानी हरमनप्रीत कौरले सर्वाधिक ३० रनको योगदान दिइन् ।

Advertisement

सलमान खातुनले १९ औं ओभरको दोस्रो बलमा बोल्ड आउट गर्नुअघि उनले ३६ बलमा २ चौका प्रहार गरिन् । ओपनर चामरी अथपाथु ६, जेमिमाह रोड्रिग्स १३, टानिया भाटिया १४ र शषिकाला श्रीवर्दने १९ रनमा आउट भइन् । ट्रेलब्लेजर्सकी स्पिनर सलमान खातुनले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिइन् । दीप्ति शर्माले ३ ओभरमा ९ रन खर्चेर १ विकेट लिइन् ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको ट्रेलब्लेजर्सले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय १८ रन बनाएको थियो । ट्रेलब्लेजर्सको लागि कप्तान तथा ओपनर स्मृती मन्धानाले ४९ बलमा ५ चौका र ३ छक्का सहित सर्वाधिक ६८ रनको योगदान दिईन् ।

अर्की ओपनर डिन्द्रा डोल्टिन २०, रिचा घोष १० र दीप्ति शर्मा ९ रनमा आउट भए । सुपरनोवासकी राधा यादवले ४ ओभरमा १६ रन खर्चेर ५ विकेट लिइन् । वुमन्स टि२० च्यालेन्जमा पाँच विकेट लिने उनी पहिलो खेलाडी हुन् । पुनम यादव र शषिकला श्रीवर्दनेले एक एक विकेट लिइन् ।

नोभेम्बर ४ देखि सुरु भएको वुमन्स टि२० च्यालेन्ज लिगमा तीन टोली सुपरनोभाज, भेलोसिटी र ट्रेलब्लेजर्सले प्रतिस्पर्धा गरेका थिए । जसमा अंक तालिका शीर्ष दुई टोली सुपरनोवास र ट्रेलब्लेजर्स फाइनल खेलेका हुन् । तीनै टोलीको २–२ अंक भएपनि नेट रनरेटको आधारमा भेलोसिटी पुछारमा रहेर बाहिरिनु परेको थियो ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top