शंकर पोखरेलले खुमलटार पुगेर प्रचण्डलाई भने- ओलीसँग संवाद गर्नुस्

२४ कात्तिक ७७, मंगलबार

२५ कात्तिक, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न स्थायी कमिटी सदस्य एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल खुमलटार गएका छन् । मंगलबार विहान पोखरेल अध्यक्ष निवास खुमलटार पुगकाे उनको सचिवालयले जनाएको छ ।

पोखरेल अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भेटवार्तामा सक्रिय रहँदै आएका छन् । अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाकाअनुसार विहान ९ बजेतिर भएको भेटमा पार्टीको आन्तरिक विवादकाे समाधानका विषयमा उनीहरुबीच छलफल भएको थियो । दुई अध्यक्षबीच तिक्तता हुँदा पार्टी संकटमा पर्ने र बाहिर गलत सन्देश गइरहेको भन्दै अध्यक्ष प्रचण्डलाई मुख्यमन्त्री पोखरेलले सहमतिमा आउन आग्रह गरेका थिए ।

Advertisement

उनले प्रधानमन्त्री ओलीसँग सहमति गरेर बैठक बोलाउने बातावरण बनाउन आग्रह गरेका थिए । तर, प्रचण्डले भने सचिवालय बैठक बसेपछि मात्रै समस्या समाधानबारे छलफल हुने बताएका उनीनिकट स्रोतले जानकारी दिएको छ ।

अध्यक्ष प्रचण्डले नेकपाभित्र देखिएको समस्याबारे सचिवालय समितिमै छलफल गर्नुपर्ने बताउँदै आएका छन् । प्रधानमन्त्री ओलीले भने पहिले दुई अध्यक्षबीच सहमति जुटाएर एजेण्डा तय नगरी बैठक आवश्यक नरहेको धारणा राख्दै आएका छन् ।

प्रचण्ड सहित सचिवालयका पाँच नेताले तत्काल सचिवालय बैठक बोलाउन सहमति दिन भन्दै कात्तिक २२ मा दुई पन्ने लिखित पत्र बुझाएका छन् । तर, प्रधानमन्त्री ओलीले भने विधान बमोजिम बैठक बोलाउने सन्देश महासचिव विष्णुप्रसाद पौडेल मार्फत सोमबार प्रचण्डलाई पठाएका थिए । प्रधानमन्त्रीको सन्देश लिएर महासचिव पौडेल खुमलटार पुगेका थिए ।

प्रचण्डले भने प्रधानमन्त्री ओली बैठक बोलाउन सहमत नभए कार्यकारी अध्यक्षको हैसियतले सचिवालय बैठक बोलाउने तयारी गरेको छ । प्रचण्डले छुट्टै बैठक बोलाए पार्टी विभाजन गर्ने प्रधानमन्त्रीले चेतावनी दिएका छन् । तर, प्रधानमन्त्री निकटका नेताहरु भने यो अवस्था आउन नदिन सक्रिय बनेका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top