बाँकेमा पछिल्लो २४ घण्टामा कोरोनाबाट ४ जनाको मृत्यु

२५ कात्तिक, नेपालगञ्ज।

गम्भीर अवस्था भएपछि उपचारका लागि बर्दिया र दाङबाट बाँकेका विभिन्न अस्पतालमा ल्याईएका चार जना संक्रमितको गत २४ घण्टामा एकपछि अर्कोगरि उपचारकै क्रममा मृत्यु भएको छ ।

जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार उपचारका क्रममा भेरी अस्पताल, नेपालगञ्ज शिक्षण अस्पताल र वेस्टर्न अस्पतालमा बर्दियाका तीन र दांगका एक गरि गत २४ घण्टाको अवधीमा चार जना संक्रमितको मृत्यु भएको हो ।

Advertisement

बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बर्दिया ठाकुरद्धारा २ बाट उपचारका लागि ल्याईएका २९ वर्षिय पुरुषको सोमवार दिउँसो, बर्दिया बाँसगढी ८ का २९ वर्षिय पुरुषको सोमवार राती आठ बजे, दांग घोराही १५ बाट ल्याईएका ६४ बर्षिय पुरुषको सोमवार राती ९ बजे र बर्दिया राजापुर नगरपालिका ८ का ३२ वर्षिय पुरुषको मंगलवार दिउँसो मृत्यु भएको बताए ।

उनले घोराही १५ दांगका ६४ वर्षिय पुरुष र बर्दिया राजापुरका ३२ वर्षिय पुरुषको भेरी अस्पतालमा, बर्दिया ठाकुरद्धारा २ का २९ वर्षिय पुरुषको नेपालगञ्ज मेडिकल कलेज र बाँसगढी ८ बर्दियाका ३५ वर्षिय पुरुषको वेस्टर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताए।

चारैजनाको अवस्था अतिनै गम्भीर रहेकोले उनिहरुको उपचारका क्रममा रेडमिसिविर, प्लाज्मा थेरोपी लगायतको उपचारको पद्दती अपनाउँदा पनि जोगाउन नसकिएको अस्पतालले जनाएका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top