×

NEPAL TIMES UPDATES

Playing
महेश पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा|| Nepal Times
Apr 27, 2026
Playing
के टियुको १० हजार क्षमताको प्यारापिटमा डोजर चल्ने हो ? || Nepal Times
Apr 27, 2026
Playing
सुकुम्बासी राजनीतिमा बालेनको ‘ब्रेक थ्रु’, बाबुरामले किन चित्त दुखाए ?|| Nepal Times
Apr 27, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-14-2083 || Nepal Times
Apr 27, 2026
Playing
व्यवसायीलाई कारबाही गर्दा साँच्चै शिथिल हुन्छ अर्थतन्त्र ? || Nepal Times
Apr 27, 2026
Playing
अर्थमन्त्री वाग्लेले सार्वजनिक गरे श्वेतपत्र,कस्तो छ नेपालको अर्थतन्त्र ?|| Nepal Times
Apr 27, 2026
Playing
इरानले अमेरिकी सिस्टम हल्लायोः रनवे–रडार, एयरक्राफ्ट ह्यांगर सबै नष्ट, अर्बौको क्षति || Nepal Times
Apr 27, 2026
Playing
हर्क साम्पाङका नजरमा किन परे सुकुम्बासी ? || Nepal Times
Apr 27, 2026
Playing
आज मन्त्रीपरिषद्ले के के निर्णय गर्यो ? || Nepal Times
Apr 27, 2026
Playing
World News: अराघची रुसमा, होर्मुज खोल्ने र युद्ध अन्त्य गर्ने इरानी प्रस्ताव || Nepal Times
Apr 27, 2026

संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मी भन्छन्- उपचार गर्दै जाँदा आँट बढ्यो

२५ कार्तिक २०७७

२५ कात्तिक, काठमाडौँ ।

नेपालमा पनि कोभिड–१९ को सङ्क्रमण देखिन थालेपछि उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई पनि चुनौती रहेको थियो । अन्य रोगभन्दा छिटो सर्ने, सावधानी भएर उपचार गर्नुपर्नेजस्ता कारणले शुरुमा कसरी उपचार गर्ने भन्नेमा स्वास्थ्यकर्मीलाई लागेको थियो । भौतिक पूर्वाधारको कमी र प्रर्याप्त मात्रामा स्वास्थ्य सामग्रीको अभावले अस्पताल र स्वास्थ्यकर्मीलाई उपचारमा समस्या भएको थियो ।

Advertisement
Advertisement

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पर्याप्त मात्रामा स्वास्थ्य सामग्री उपलब्धता, स्वास्थ्य बीमा र सतप्रतिशत भत्ताको व्यवस्थापन गरेपछि स्वास्थ्यकर्मीले पनि सङ्क्रमितको उपचारमा सहज बनाएको थियो । उपचार संलग्न स्वास्थ्यकर्मीले विश्व स्वास्थ्य सङ्गठनको कोभिड–१९ सम्बन्धी मापदण्ड र तालीमले सङ्क्रमितलाई उपचारमा सघाएको बताउँछन् । बिरामीलाई उपचार गर्दै जाँदा सिकेको अनुभव उपचार गर्न दक्षता हासिल आफूहरुले गरेको उनीहरुको भनाइ छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशक डा सागरराज भण्डारीले शुरुशुरुमा बिरामीको श्ययासम्म जान डराएकोमा पछि श्ययासम्म पुगेर बिरामीलाई मुसार्ने छुने गरेको बताए । “शुरुमा के कसरी उपचार गर्ने भन्नेमा थियो । पछि विश्व स्वास्थ्य सङ्गठन मापदण्ड र तालीम लिएपछि सिक्दै ग¥यौँ र उपचार गर्न पनि अभ्यस्त भयौँ”, उनले भने, “त्यसपछि त हामीले अन्य बिरामीलाई जस्तै सङ्क्रमितका बिरामीलाई उपचार गर्न थाल्यौँ ।” उनले नेपालमा दोस्रो सङ्क्रमित देखिएपछि आफूहरु योजना बनाएर बिरामीको उपचार गरेको अनुभव सुनाए। “पहिलो सङ्क्रमितलाई हामीले उपचार गर्दा खासै योजना बनाए थिएनौँ”, उनले भने, “जब दोस्रो सङ्क्रमित फेला परे अनि हामीले उपचारको लागि योजना बनाएको थियौँ ।”

सरकार नै सङ्क्रमितको दैनिक बढ्न थालेपछि उपचार गर्ने अस्पताल भनेर छुट्टाएको थियो । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा शुरुमा सङ्क्रमितको उपचार गरिएकोे तर पछि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीरअस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, भक्तपुर अस्पताललगायत अस्पतालले पनि सङ्क्रमितको उपचार गर्न थालियो ।

यस्तै सशस्त्र प्रहरी अस्पतालका डा प्रवीन नेपालले अस्तापलका स्वास्थ्यकर्मी शुरुशुरुमा कोभिड–१९ का सङ्क्रमितको उपचार गर्न डर मानेको बताए । आफूले सरुवा रोगका अन्य बिरामीलाई पहिले उपचार गरे पनि कोभिड–१९ का बिरामीलाई भने उपचार गर्दा अलिअलि डर हुने गरेको बताए। पछि स्रोत साधन उपलब्धता र तालीम लिएपछि सङ्क्रमितको उपचार गर्न कोही स्वास्थ्यकर्मी नहिचकिचाएको उनको भनाइ छ ।

“मैले कोभिड–१९ अगाडि क्षयरोग, एचआइभी, फ्लु, डेङ्गुजस्ता सरुवा रोगको पनि उपचार गरेको थिए”, उनले भने, “शुरुमा कोभिड–१९ को कसरी उपचार गर्ने भन्ने अलमल र डर हुन्थ्यो । पछि तालीम लिएपछि र बिरामीको उपचार गरेपछि सिक्दै गयौँ ।” उनले इटाली युरोपमा भएका साथीसँग समन्वय गरेर पनि अस्पतालमा आउने सङ्क्रमितको सफल उपचार गरेको अनुभव सुनाए। “शुरुशुरुमा के होला ? सङ्क्रमितलाई कसरी श्ययासम्म पु¥याउने होला । के कसरी गर्ने भन्ने दुविधा थियो”, उनले भने, “तर पछि तालीम र विदेशका साथीसँगको समन्वयमा उपचार गर्न सिकियो । अहिले त सामान्य जस्तो लाग्छ ।”

उनले व्यक्तिगत सुरक्षा कवच (पिपिई) लगाएर कोभिड–१९ को सङ्क्रमण नसर्ने भएपछि स्वास्थ्यकर्मीले जति पनि सङ्क्रमितको उपचार गर्नसक्ने बताए । पहिलेपहिले सङ्क्रमित पनि उपचार गर्न आउँदा आत्तिने, डराउने गरेका थिए तर अहिले त्यस्तो समस्या नभएको उनको भनाइ छ । अस्पतालका डा नेपालले पहिले दिनमा एक पटकमात्र भेट्ने बिरामीलाई अहिले दैनिक चार–पाँच पटक भेट्ने गरेको बताए ।

अस्पतालले तीन सिफ्टमा स्वास्थ्यकर्मीलाई परिचालन गरेको थियो । कोभिड–१९ का सङ्क्रमितलाई हेर्ने, क्यारेन्टिनमा बसेका र अरु सामान्य बिरामीलाई हेर्ने गरी स्वास्थ्यकर्मीको कार्यविभाजन गरेको थियो । अहिले बलम्बुमा १०९ जना सङ्क्रमितको उपचार भइरहेको छ । तीमध्ये ६० जनालाई अक्सिजन र छ जना भेन्टिलेटरमा छन् ।

कोभिड–१९ अस्पताल वीरअस्पतालको कोभिड–१९ को सघन उपचार कक्ष (आइसियु)मा कार्यरत नर्स मुना पोखरेललाई पनि शुरुमा कोभिड–१९ का सङ्क्रमितको उपचार गर्न डर लाग्यो । न्यूरो वार्डमा काम गरिहेकी पोखरेललाई कोभिड–१९ वार्डमा सरुवा गरेपछि सङ्क्रमितको कसरी काम गर्ने होला भनेर डर लागेको थियो ।

“सङ्क्रमण फैलिरहेको थियो । त्यही बेला मलाई अस्पतालले कोभिड–१९ वार्डमा काम गर्न पठाइयो । अस्पतालले भने पनि जानै प¥यो”, उनले भनिन्, “म पनि अब सङ्क्रमित हुन्छु । अब घर जान पाइन्न भनेर डर लागेको तर पछि बिरामीको सेवा गर्न पछि पर्न हुन्न भन्ने आफूमा आँट आयो । अनि कोभिड–१९ को आइसियु सङ्क्रमितको उपचार गर्न थाले ।” शुरुशुरुमा अस्पतालमा पर्याप्त मात्रामा स्वास्थ्य सामग्री व्यक्तिगत सुरक्षा कवच (पिपिई), मास्क, पञ्जालगायत नभएको हुनाले सङ्क्रमितको उपचार गर्न समस्या परेको उनको अनुभव छ ।

उनले पछि पर्याप्त मात्रामा स्वास्थ्य सामग्री भएपछि सङ्क्रमितको उपचार गर्न केही समस्या नभएको बताइन् । “शुरुमा अस्पतालको पनि व्यवस्थापन थिएन । कसरी बिरामीलाई हेर्ने हो केही जानकारी थिएन । त्यसैले काम गर्न समस्या थियो”, उनले भनिन्, “पछि सामग्री पनि पर्याप्त हुन थाल्यो । सङ्क्रमितको उपचार गर्दै जाँदा आँट पनि आयो । बिरामीको राम्रोसँग उपचार गर्न सक्षम भए ।”

उनले आफू कोभिड–१९ को आइसियु वार्डमा काम गर्ने जानकारी आफ्ना बुबाआमालाई समेत गराएर केही हुँदैनन् भनेर आफैँले सम्झाइन् । बुबाआमाले पनि केही भन्नु भएन । तीन महिनादेखि कोभिड–१९ आइसियु वार्डमा काम गरिरहेकी पोखरेलसँगै धेरै काम गर्ने स्वास्थ्यकर्मी कोभिड–१९ को सङ्क्रमित भइसकेका छन् तर उनी निरन्तर सङ्क्रमितको उपचार गर्दा पनि सङ्क्रमित भएकी छैनन् ।

दशैँ पनि अस्पतालमा सङ्क्रमितसँगै मनाएकी उनी तीन महिनादेखि अस्पतालमा उपलब्ध गराएका होटेलमा बस्दै आएकी छन् । “सङ्क्रमितको उपचार गर्दा म पनि सङ्क्रमित हुन्छु जस्तो लागेको थियो तर होसियारपूर्वक काम गर्दा अहिलेसम्म म सङ्क्रमितत भएको छैन”, उनले भननिन्, “अहिले म निर्धक्क भएर काम गर्न सक्ने भएको छु ।” नेपालमा अहिलेसम्म एक लाख ९७ हजार २४ सङ्क्रमित भइसकेका छन् । यस्तै एक लाख ५९ हजार ७२४ निको र एक हजार १२६ जना सङ्क्रमणबाट निधन भएको छ ।

यस्तै वीर अस्पतालको कोभिड–१९ का सङ्क्रमित रहेको वार्डमा सरसफाइ गर्ने महेश्वरी परियार पनि स्वास्थ्यकर्मी जस्तै सरसफाइ गर्न डराइन्। उनीसँगै सरसफाइमा काम गर्ने केही कर्मचारीले पनि आफूहरुलाई पनि सङ्क्रमण हुन्छ, मरिन्छ अब काम गर्न सकिँदैन भनेर जागिर छोडौँसमेत भनेको स्मरण गरिन् तर पछि केही साथीले होइन यस्तो बेला काम गर्नुपर्दछ भनेपछि आफूहरुले काम गर्न थालेको उनले बताइन् ।

“मसँगै अन्य साथीलाई कोभिड–१९ वार्डमा सारेपछि अब सङ्क्रमण हुन्छ भनेर हामीलाई डराएका थियौँ”, उनले भनिन् “केही साथीले जागीर छोडेर घर जाउसमेत भने तर केहीले यस्तो बेला काम गर्नुपर्दछ भनेर काम गरौँ । पिपिई, पञ्जासहित सावधानी भएर काम गर्दै जाँदा डराएनौँ । सङ्क्रमितको नजिक जाँदा सामान्यजस्तो लाग्छ ।” चार महिनादेखि कोभिड–१९ का सङ्क्रमितका सरसफाइमा रहेकी उनी सङ्क्रमित पनि भइन् । सङ्क्रमण भएपछि निको भएर पुनः सङ्क्रमितकै सरसफाइमा खटिएकी छन् ।

Advertisement

“सङ्क्रमित भएपछि निको भएपछि म नियमित सरसफाइमा छु”, उनले भनिन्, “अहिले सङ्क्रमितको वार्डमा छु कि अरु वार्डमा छु केही जस्तो लाग्दैन । आफू सुरक्षित भएर काम गरेपछि केही हुँदैन ।” सङ्क्रमितको वार्डमा काम गर्न थालेपछि उनी विगत तीन महिनादेखि घर नगई होटेलमा बसेकी छन् ।रासस

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top