अर्थतन्त्रलाई गतिशिल बनाउन निजि क्षेत्रको मनोबल बढाउँछु: अर्थमन्त्री पौडेल

२६ कात्तिक, काठमाडाैँ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजि क्षेत्रको आत्मविश्वास र मनोबल नबढाइकन अर्थतन्त्रलाई गतिशिल बनाउन नसकिने बताएका छन् । बुधबार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुसँगको भेटमा अर्थमन्त्री पौडेलले निजि क्षेत्र बिना अर्थतन्त्रलाई गतिशिल बनाउन नसकिने बताएका हुन् ।

उनले कोभिडले सिर्जना गरेको चुनौतिलाई परास्त गर्दै अर्थतन्त्रलाई पुनरउत्थान गर्न, रोजगारीका अवसर बढाउन र उत्पादन बढाउने काम निजि क्षेत्र बिना सम्भव नभएको बताए । त्यसैले अहिलेको प्रतिकुल परिस्थितिकाबीच पनि व्यवसाय सुचारु गर्न र राष्ट्रिय अर्थतन्त्रमा आ–आफ्नो ठाउँबाट योगदान दिन अनुकुल परिस्थितिको निर्माण गर्ने भुमिकामा सरकार रहेको बताए ।

Advertisement

यस्तै सरकारले घोषणा गरेका कार्यक्रमहरु कार्यान्वयनमा नगएको सम्बन्धमा आफ्नो ध्यान केन्द्रीत भएको पनि अर्थमन्त्री पौडेलले बताए । सरकारले घोषणागरेको पुनरकर्जा तथा स्टिमुलस प्याकेजहरु कार्यान्वयनको चरणमा रहेको पनि उनले बताए ।

Advertisement

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले राजस्वका दरहरु घटाउन माग गरे । सरकारले राजस्वका दरहरु घटाउँदा कारोबार बढ्न जाने र कारोबार बढेपछि स्वतः राजस्वको आकार समेत बढ्ने भएकाले छिटो भन्दा छिटो राजस्वका दरहरु घटाउनुपर्ने अध्यक्ष श्रेष्ठले बताए ।

करका दरहरु उच्च हुँदा कुनैपनि वस्तुको मूल्य बढी हुने भएकाले कतिपय सामानहरुको अवैध आयात हुने गरेको व्यवसायीहरुले बताएका छन् । त्यसैले पनि भन्सार दर, राजस्व, मूल्य अभिवृद्धि कर लगायतका करका दरहरुमा सुधार आवश्यक रहेको तर्क व्यवसायीहरुको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top