छठपछि विद्यालय खुल्ने, तिहारअघि कार्यढाँचा ल्याइने

२६ कात्तिक ७७, बिहीबार

काठमाडाैँ : कोभिड–१९ संक्रमणको जोखिमका कारण आठ महिनादेखि बन्द विद्यालय छठपछि खुल्ने भएको छ। त्यसका लागि तिहारअघि नै कार्यढाँचा जारी गर्ने तयारीमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय जुटेको छ। मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्माले मंसिर ९ गते सञ्चालन हुने कक्षा १२ को परीक्षाका लागि विद्यालय अनिवार्य खोल्नैपर्ने भएपछि त्यससँग जोडिएको सुरक्षाको मापदण्ड अपनाई विद्यालय खोल्ने तयारी पूरा गरिएको जानकारी दिए।

कक्षा १२ को परीक्षामा विद्यार्थीले डेढ घन्टाको लिखित परीक्षा अनिवार्य रूपमा विद्यालयमै गएर दिनुपर्ने व्यवस्था राष्ट्रिय परीक्षा बोर्डले तय गरेको छ। कुल सय पूर्णाङ्कको परीक्षाका लागि ४० प्रतिशत कक्षा ११ को प्राप्तांक, ४० प्रतिशत कक्षा १२ को लिखित परीक्षा र २० प्रतिशत कक्षा १२ को आन्तरिक परीक्षाको मूल्यांकन हुनेछ। ‘कक्षा १२ को परीक्षा विद्यालयहरूले विद्यार्थी उपस्थितकै आधारमा सञ्चालन गर्ने तय भएको छ, यसका लागि विद्यालयहरूले सुरक्षाको मापदण्ड सबै तयारी गरेका छन्,’ प्रवक्ता शर्माले नागरिकसँग भने, ‘मन्त्रिपरिषद्ले असोज २२ गते गरेको निर्णयअनुसार मन्त्रिपरिषद्ले विद्यालय खोल्ने अधिकार स्थानीय तहलाई दिएको थियो। सोहीअनुसार मन्त्रालयले विद्यालय सञ्चालनको कार्यढाँचा तयार गरेको हो।’ कार्यढाँचा तिहारअघि नै जारी हुने उनको भनाइ छ। ‘अवस्था हेरी विद्यालय सञ्चालन हुन्छ,’ उनले भने। देशभरि ३५ हजार विद्यालयको ‘लोकेसन’ फरक भएकाले सञ्चालनको जिम्मेवारी स्थानीय सरकारलाई नै दिने व्यवस्था कार्यढाँचामा गरिएको जानकारी उनले दिए।

कार्यढाँचामा गरिएको व्यवस्थाअनुसार स्वास्थ्य सुरक्षाका उपायहरू अपनाएर आलोपालो गरी, कम जोखिम भएको र जोखिम नभएको विद्यालयको ‘लोकेसन’ हेरी विद्यालय सञ्चालन हुनेछ। कार्यढाँचामा स्वास्थ्य र सुरक्षाको प्रत्याभूति गराउँदै बालबालिकालाई जान मानसिक रूपमा तयार पार्नुपर्ने जिम्मेवारी स्थानीय तहलाई नै दिएको छ। बालबालिकाको सुरक्षाका लागि विद्यालयको फर्निचर, शौचालय, पर्याप्त प्रकाश आउने र हावा आवतजावत गर्ने खुला कक्षाकोठालगायत भौतिक पूर्वाधार तयार पार्नुपर्ने, सरसफाइका लागि साबुनपानी, सेनिटाइजर अनिवार्य व्यवस्था हुनुपर्ने विद्यालयमा आउने सबैको तापक्रम मापन गर्न थर्माेमिटरको व्यवस्था र शिक्षक तथा विद्यार्थीले सबैले अनिवार्य मास्क लगाउने पर्ने कार्यढाँचामा उल्लेख छ।

विद्यालयमा शिक्षक तथा विद्यार्थी र अभिभावकले स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरेनगरेको अनुगमन पनि स्थानीयले नै गर्नुपर्ने व्यवस्था गरिएको छ। शैक्षिक सत्र खेर जान नदिन विद्यालयले संक्रमणकालीन वार्षिक कार्यतालिका, शैक्षिक योजना तयार गर्ने, प्रदेश शिक्षा तालिम केन्द्रले विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७ अनुसार बालबालिकाले सिकेका सिकाइहरूको स्तर निर्धारण गर्न र शिक्षकलाई तालिम र अभिमुखीकरणको व्यवस्था गर्नुपर्ने कार्यढाँचामा उल्लेख छ।

प्रवक्ता शर्माका अनुसार कार्यढाँचामा थप व्यवस्था भएअनुसार विद्यालयहरूले विद्यालय खोल्नु दुई साताअघि विद्यार्थी तथा अभिभावकलाई जानकारी गराउनुपर्ने, बालबालिका, शिक्षक तथा विद्यालयका कर्मचारीहरूमा स्वास्थ्यसम्बन्धी कुनै समस्या भए त्यसको जानकारी तत्काल गराउनुपर्ने, महामारीको जोखिममा रहेका बालबालिकालाई नजिकैको स्वास्थ्य केन्द्रमा जँचाएर मात्र विद्यालय आउनेबारे अभिभावकलाई सूचित गर्नुपर्ने व्यवस्था कार्यढाँचामा उल्लेख छ।

यसका साथै कार्यढाँचामा न्यूनतम एक मिटरको भौतिक दूरी कायम हुनेगरी कक्षाकोठामा विद्यार्थीको बस्ने व्यवस्था गर्नुपर्ने, सवारीसाधनले ५० प्रतिशत मात्रै विद्यार्थी बोक्ने, विद्यार्थी बोक्दा पटकपटक बसलाई निमूलीकरण गर्नुपर्ने व्यवस्था गरिएको छ। तर हाल विद्यालयहरूले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर कक्षा ११ को परीक्षा विद्यार्थी उपस्थितकै आधारमा सञ्चालन गरिरहेका छन्। उपत्यकाका कतिपय विद्यालय भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाको उपाय अपनाएर स्कुल सञ्चालन धेरै स्थानीय निकायहरूले स्कुल तथा अभिभावकसँग समन्वय गरी भौतिक दूरी कायम गरी उपस्थितकै आधारमा कक्षा सञ्चालन गरिरहेको काठमाडौं महानगरपालिका शिक्षा विकास समन्वय एकाइ प्रमुख नन्दलाल पौडेलले बताए। उनले काठमाडौंको थानकोटमा रहेको प्रभात मावि, गागलफेदीमा रहेको सिद्धि गणेश मावि र कालिमाटीको नीलबाराही स्कुलले विद्यालय सञ्चालन गरिरहेको बताए।,याे समाचार नागरिक दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top