नेपालमा पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणबाट १५ जनाको मृत्यु

२७ कात्तिक, काठमाडौं ।

Advertisement

नेपालमा पछिल्लो २४ घण्टामा १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११८९ पुगेको छ । नेपालमा संक्रमित हुनेहरुमध्ये ०.६ प्रतिशतको ज्यान गएको छ ।

मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा १९१३ संक्रमित भएका छन् । नेपालमा हालसम्म संक्रमित हुनेको संख्या २ लाख ४२ हजार २ सय ४२ रहेको छ ।

Advertisement

नेपालमा आजसम्म पीसीआर परीक्षण गर्नेको संख्या १५ लाख ८४ हजार ३ सय १७ रहेको छ । अहिले ३८ हजार ४ सय ६१ जना आइसोलेसनमा छन् भने ९ सय ७४ जना क्वारेन्टाइनमा बसेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२३४९ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १६४५९२ रहेको छ । नेपालमा निको हुनेको दर ८० प्रतिशत रहेको छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top