विश्व बजारमा भ्याक्सिन तयार हुने बित्तिकै खरिद गरिन्छ: मन्त्री ढकाल

विश्व बजारमा भ्याक्सिन तयार हुने बित्तिकै खरिद गरिन्छ: मन्त्री ढकाल

२७ कात्तिक, विराटनगर ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना नियन्त्रणका लागि विश्व बजारमा प्रभावकारी भ्याक्सिन तयार हुन बित्तिकै खरिद गर्ने बताएका छन् ।

विश्व बजारमा भ्याक्सिन तयार हुने बित्तिककै खरिद गर्नका लागि सरकारले अध्यादेश तयार गरेको उनले बताए । बिहीबार विराटनगरस्थित कोशी अस्पताल र कोरोना उपचार केन्द्रको निरीक्षण गर्दै मन्त्री ढकालले भ्यासिन आयात गर्न कानुनी प्रक्रिया सहज बनाउन अध्यादेश तयार गरेकोले यसको सफल परीक्षण भएपछि नेपालमा ल्याउने बताएका हुन् ।

मन्त्री ढकालले औषधि उत्पादन गरिने राष्ट्रहरूले भ्यासिन प्रयोग गर्दा नेपालमा पनि प्रयोग गर्न सकियोस् भन्ने उद्देश्यले सरकारले औषधि आयतमा बाधा अड्चनहरू हटाउनका निम्ती अत्याधेश तयार गरिएको जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.