आज बंगलादेशविरुद्ध भिड्दै नेपाल, जित्ने संभावना कति ?

२७ कात्तिक ७७, शुक्रबार

२८ कात्तिक, काठमाडौँ ।
बंगलादेशसँग शुक्रबार नेपालले पहिलो मैत्रिपूर्ण खेल्दा नेपाली टोली करिब नौ महिना पछि फुटबल मैदान फर्किँदैछ । कतार विश्वकप छनोट अन्तर्गत दोस्रो चरणमा रहेको नेपाललाई मैत्रीपूर्ण खेल अर्थपूर्ण तरिकाले पनि हेरिएको छ ।

ढाका स्थित बंगबन्ध रंगशालामा दिउसो पौने पाँच बजे हुने खेलमा नेपालले घरेलु टोली बंगलादेशको सामाना गर्न लागेको हो । दुई मैत्रीपूर्ण तालिका बनाएर एक साता अघि बंगलादेश प्रस्थान गरेको नेपाली टोलीले बंगलादेशमा एक साता अभ्यास गरेको छ । एक साता काठमाडौंमा अभ्यास गरेर ढाका प्रस्थान गरेको नेपाली टोली शुक्रबार घरेलु टोलीविरुद्ध मैदान उत्रिँदा सुखद नतिजाको खोजीमा हुनेछ ।

कोरोना महामारीले निराश बनेका दर्शकलाई नेपाली खेलाडीले जित निकाल्दै खुसी दिलाउन पक्षमा रहेका छन् । मुजिव बर्सो सिरिज नाम दिइएको यस प्रतियोगितामा २ वटा म्याच हुने छन् । दुई म्याचके विजेताले ट्रफी पनि पाउने वुधबार आयोजित प्रिम्याच कन्फ्रेन्समा जानकारी गराइएको छ ।

कोरोना महामारीका कारण विश्वकप छनोट खेलहरु स्थगित भएकाले नेपाल र बंगलादेश दुवैले यो खेललाई अनुभव साट्ने अवसरको रुपमा लिएका छन् । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालका लागि बंगलादेशसँगको मैत्रीपूर्ण खेल अर्थपूर्ण तरिकाले हेरिएको हो । एसियाली फुटबल महासंघ (एएफसी) ले विश्वकप र एसियन कप छनोटका बाँकी खेलहरु जुन १५ सम्म सकिने जनाएको छ । यस अघि अक्टोबर र नोभेम्बरका लागि तय भएका छनोट खेल कोरोना महामारीका कारण अनिश्चितकालका लागि स्थगित भएका थिए ।

शुक्रबार बंगलादेशसँग खेल्ने लागेको नेपालले ‘हेड टु हेड’ मा निकै पछि रहेको छ । नेपाल र बंगलादेशबीच हालसम्म १९ पटक प्रतिस्पर्धा भएको छ । जसमा बंगलादेशले १२ खेल जितेको छ भने नेपालले ६ खेल मात्रै जितेको छ । एक खेल भने नतिजा विहिन भएको छ । तर बंगलादेशविरुद्धको पछिल्ला ५ भेटमा भने नेपालले सुखद नतिजा निकालेको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top