बैतडी बस दुर्घटनामा परी मृत्यु भएकामध्ये ७ जनाको सनाखत

२७ कात्तिक ७७, शुक्रबार

२८ कार्तिक, बैतडी ।
बैतडीमा बस दुर्घटनामा परी मृत्यु भएका ९ जनामध्ये ७ जनाको सनाखत भएको छ ।

अहिलेसम्म आफन्तले हुलियाको आधारमा ७ जनाको पहिचान गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीका अनुसार दुर्घटनामा मृत्यु भएकामध्ये सनाखत हुनेमा बैतडीको दोगडाकेदार गाउँपालिका ६ का रणबहादुर चन्द, सोही ठाउँका करणसिंह ऐरी र कविन्द्र जोशी रहेका छन् ।

यस्तै डिलाशैनी गाउँपालिका ७ घर भई हाल कञ्चनपुरको भीमदत्त नगरपालिका १० बस्ने विजना धामी, दार्चुलाको मालिकार्जुन गाउँपालिका ५ का जगन्नाथ ओझा, दार्चुलाकै तर्कराज गिरी र कञ्चनपुरको भीमदत्त नगरपालिका ८ की किर्तीका कार्कीको पनि सनाखत भएको प्रहरीले जनाएको छ ।

Advertisement

मृत्यु हुनेमा ७ जना पुरुष र २ जना छन् । मृतकमध्ये १ जनाको उपचारको लागि लैजाँदै गर्दा डडेलधुरामा मृत्यु भएको र अन्यको भने घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।

दुर्घटनामा ३४ जना घाइते भएका छन् । घाइते ३४ जनामध्ये ८ जनाको अवस्था गम्भीर रहेको बुझिएको प्रहरीले बताएको छ । सबैलाई उपचारको लागि डडेल्धुरा अस्पताल पठाइएको गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीले बताए ।

बसका चालक र सहचालक दुवै घाइते छन् । बसका ४० भन्दा बढी यात्रु सवार रहेका थिए । बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर २ को गन्नाबाट महेन्द्रनगरको लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस दुर्घटना बिहीबार राति दुर्घटनामा परेको हो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top