मधुमेह समाजको भवन निर्माण गर्न काठमाडौं महानगरले सहयोग गर्ने

२८ कात्तिक ७७, शनिबार

२९ कात्तिक, काठमाडौं । विश्व मधुमेह दिवसका अवशरमा काठमाडौं महानगरपालिकाले नेपाल मधुमेही समाजलाई भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।

 

विपन्न मधुमेहीहरुलाई उपचार र परीक्षण लगायतका सम्पूर्ण सेवाहरु निःशुल्क प्रदान गर्दै आएको मधुमेही समाजलाई महानगरपालिकाले भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने भएको हो । दिवसका अवशरमा आज आयोजित कार्यक्रममा महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले राज्यले सेवा दिनुपर्ने वर्गलाई लक्षीत गरि सेवा प्रदान गर्नेगरी भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने बताउनुभयो । महानगरपालिकाले विभिन्न सरकारी अस्पतालहरुलाई सहयोग गर्दै आइरहेको स्मरण गराउँदै आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत जनताको सेवाका लागि सहकार्य गर्न तयार रहेको बताउनुभयो । दिवसका अवशरमा १५ जना विशेषज्ञ चिकित्सकहरुबाट लिखित ‘मधुमेह’ नामक पुस्तक लोकार्पण गरिएको छ । यस्तै मधुमेह रोग सम्बन्धि ससाखः कका नामक लघु चलचित्र पनि प्रदर्शन गरिएको छ । नेपाल मधुमेही समाजका अध्यक्ष शिव श्रेष्ठले कोभिडबाट मधुमेहबाट पीडित व्यक्तिहरु बढी प्रभावित भएकाले नियमित रुपमा मधुमेह सम्बन्ध् िविशेषज्ञा चिकित्सकको व्यवस्था गर्न महानगरसँग आग्रह गर्नुभयो । वरिष्ठ मुटुरोग विशेषज्ञा डा. प्रकाशराज रेग्मीले मधुमेहको उपचार भनेर सुगर नियन्त्रण मात्रै हो भन्ने सोच परिवर्तन गर्न सबैमा आग्रह गर्नुभयो । उहाँले नसर्ने रोग भएपनि कोरोना महामारी भन्दा मधुमेह रोग बढी खतरनाक भएको बताउनुभयो ।

नेपाल मधुमेही समाजले अहिले विशेषज्ञहरुबाट मधुमेह, ग्रन्थी, थाइरोइड, मुटु, आँखा, हाड जोनी तथा इसिजी, इको लगायतका सेवाहरु न्यून शुल्कमा उपलब्ध गराउँदै आएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top