यमपञ्चकको तेस्रो दिन आज गाई तिहार, गोरुको पनि पूजा गरिदै

२९ कात्तिक ७७, आइतबार

३० कात्तिक, काठमाडौं । यमपञ्चकको तेस्रो दिन आज गाई तिहार । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । जसको आज विशेष महत्व रहेको छ ।

Advertisement

गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि स्कीकार गरेको छ ।गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक विश्वास छ ।

आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास रही आएको छ ।आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवद्र्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो ।यस्तै आजै गोरु तिहार पनि मनाइँदैछ । गोरु कर्मयोगी किसानहरूका लागि अत्यन्त आवश्यक जनावर हो ।

Advertisement

गोपाल शब्दले गाई पाल्ने व्यक्ति, गाईको धनी, ग्लावा, गोठाला आदिको पनि बोध हुन्छ। गोपाल भगवान् श्रीकृष्णको पर्यायवाची नाम पनि हो। द्वापरयुगमा नै इन्द्रले पानी नपारिदिएकाले कृषि पेसामा संलग्न कर्मयोगी गोपालहरू अत्यन्त चिन्तित थिए। यो अवस्थामा भगवान् श्रीकृष्णले गोबर्धन पर्वतको पूजा गर्ने सल्लाह दिए। गोपालहरूले त्यसै गरे, फलस्वरूप वर्षा भयो। सबै अन्न र ऐश्वर्यबाट समृद्ध भए। गाई र गोरुको संख्यामा पनि वृद्धि हुन पुग्यो। यसरी गोरुतिहार पर्व गोवर्धन पर्वतसँग गाँसिन पुगेको छ । यस दिन गोरुतिहारका रूपमा गोरुको पूजा गर्ने, गाईको गोबरबाट पहाड निर्माण गरी गोवर्धनको कामना गर्दै गोबर्धन पर्वतको पूजा गर्ने प्रचलन रहिआएको छ।

वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठा–मीठा खानेकुरा खान दिने प्रचलन छ । यसैगरी वर्षभर गोरु जोत्ने एवं अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा–मीठा परिकार खुवाइने प्रचलन रही आएको छ ।

Advertisement

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top