युइएफए नेशन्स लिगः फ्रान्स, जर्मनी र स्विडेन विजयी

३० कात्तिक, एजेन्सी । युइएफए नेशन्स लिग फुटबलका खेलहरुमा फ्रान्स, जर्मनी र स्विडेन विजयी भएका छन् । प्रतियोगिताअन्तर्गत लिग ‘ए’ को खेलमा फ्रान्सले पोर्चुगललाई उसैको मैदानमा १–० ले हरायो ।

प्रतिस्पर्धात्मक खेलमा फ्रान्सलाई विजयी गराउन ५३ औं मिनेटमा एन्गाोलो कान्टेले निर्णायक गोल गरे ।

यही समुहको अर्को खेलमा स्विडेनले क्रोएशियालाई २–१ ले हराएको छ । युएफा नेशन्स लिगकै अर्को खेलमा जर्मनीले युक्रेनलाई ३–१ ले पराजित ग¥यो ।

जर्मनीका लागि टिमो वेर्नरले २ गोल गर्दा लेरोए सानेले एक गोल थपे । युक्रेनका यारेम्चुकले खेलमा पहिलो गोल गरेका थिए ।

नेशन्स लिगकै अर्को खेलमा स्पेन र स्विटजरल्याण्डले १–१ गोलको बराबरी खेलेका छन् । खेलमा स्विट्जरल्याण्डका लागि रेमो फ्रिउलरले पहिलो गोल गरे ।

तर स्पेनका जेरार्ड मोरेनोले एक गोल गर्दै खेल बराबरी गरे । यो खेलमा स्पेनले दुईवटा पेनाल्टी हान्ने अवसर पाएपनि दुबै अवसरलाई सर्जियो रामोसले खेर फाले ।

यो खेल रामोसका लागि निकै महत्वपूर्ण थियो । स्पेनका लागि १ सय ७७ खेल खेल्दै रामोस सर्वाधिक खेल खेल्ने युरोपेली खेलाडी बनेका छन् ।

यसअघि उक्त किर्तीमान इटालीका जियानलुगी बुफोनको नाममा थियो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top